जुनसुकै शैलीमा लेख (कविता )


लेख
कविता
तिमी आफूलाई
मन लागे जतिका
सबै कविताहरु
जुन सुकै शैलीमा
लेख कविता
तिमी कविता लेख।


जस्तो पानी परि सकेपछि
खुलेको आकाशलाई
मान्छेले नियाल्छ्न्
त्यस्तै तिमीपनि
सक्छौ भने
त्यो पुल मुनीको
होमपाइपमा
सुइत्त छिरेको
पानीको झोक्कालाई
राम्रोसँग नियालेर
सोध कविताको आकार
शैली अनि जीवन
त्यसपछि
लेख कविता
आफूलाई
मन लागेजतिका
सबै कविताहरु
जुनसुकै शैलीमा
लेख कविता
तिमी कविता लेख।

लक्ष्मीप्रसाद कोइराला


चाहे त्यो
एकटुक्रा रोटीको
कविता लेख
चाहे त्यो
हिलो कुहँदा
रमाउने किसान
खुसी हुनुको कारण
तिमीले सोधेर
लेख कविता
तिमी कविता लेख


चाहे त्यो
शरदका जलाशयमा
पहाड र आकाशले
आफ्नो अनुहार हेरेको
अनि जून र घामले
स्नान गरेको
कविता लेख
या त्यो माघको
पाहारिलो घाममा
हामीले बसेर
सुन्तला र बदाम
छोडाउदै खाएको
कविता लेख
आफूलाई मनलागेको
जुनसुकै शैलीमा
तिमी कविता
एउटा कविता लेख

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित