तपाईं जे भन्नुहोस् ! (कविता) : लक्ष्मीप्रसाद कोइराला

तपाईॅ जे भन्नुहोस् ,
नेपालको राजनीति भनेको,
सब्जी-मन्डीमा कुहेको
त्यो एकबोरा आलु हो,
जुन ठुसठुसी गन्हाउँछ।
या भन्नुहोस्,
नेपालको राजनीति भनेको
त्यो रत्यौली जस्तो-
चित्रबिचित्रको खेल हो
जुन दुलाहाको घरमामात्र खेलिन्छ।
तपाईॅ जे भन्नुहोस्।
या भन्नुहोस्,
राजनीति भनेको यी दुवै हो !?
या भन्नुहोस्,
राजनीति भनेको यी दुवै होइन ?!?
तपाईॅ जे भन्नुहोस् !!!
राजनीति भनेको केही हो
तर सबैथोक होइन।

लक्ष्मीप्रसाद कोइराला

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित