फ्रि सेमिनारकाे सम्पूर्ण तयारी पुरा : काफ्ले

बैदेशिक शिक्षाको क्षेत्रमा काम गर्दै आएको इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.ले पौष २१ गते सुनसरीको धरान र पौष २२ गते इटहरीमा अष्ट्रेलियामा पढन जान चाहने बिद्यार्थीका लागि फ्रि सेमिनार गर्दैछ । अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, जापान, अमेरिका फिनल्याण्ड लगायतका देशहरुमा अध्ययनका लागि बिद्यार्थी पठाउँदै आएको इडेनले पौष २१ गते सुनसरीको धरान र पौष २२ गते इटहरीमा अष्ट्रेलियामा पढन जान चाहने बिद्यार्थीका लागि फ्रि सेमिनारका बिषयमा इडन इटहरीका कार्यकारी निर्देशक सुमन काफ्लेसँग गरिएको कुराकानीको सम्पादित अंश :

सेमिनारकाे तयारी कस्ताे रहेकाे छ ?

सेमिनारको आवश्यक तयारी पुरा भईसकेको छ। धरानमा भोलि हुने सेमिनार इडेनको मुख्य कार्यालय, तमु कम्पेल्क्समा बिहान १० देखि ४ बजेसम्म र इटहरीमा हुने सेमिनार इन्टरनेशनल इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.को कार्यालय आईतबारे रोडमा बिहान १० देखि ४ बजेसम्म हुने छ। सेमिनारको आवश्यक तयारी पुरा भईसकेको छ।

सेमिनारमा ककस्काे सहभागिता रहने छ ?

इडन इटहरीले गर्न लागेको फ्रि सेमिनारमा अष्ट्रेलियाका १२वटा कलेज तथा बिश्वबिद्यालयहरु ए.टि.एम.सि क्याम्पस, फेडरेसन युनिभर्सिटी, युनिभर्सिटी अफ सन साईन कोष्ट, होटल स्कुल सिड्नी, साउदन क्रस युनिभर्सिटी, हार्वर कलेज, ग्लोवल ईन्टीट्युट, ए.आई.बि.टि कलेज, ई.आई.टी, आई.एच.एम, क्यान्टरवरी टेक्निकल इन्सटिट्युट, सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र आई.एच.एन.ए.कलेजको सहभागिता रहने छ।

इडनले गर्न लागेको फ्रि सेमिनारकाे बारेमा बताइदिनुहाेस् न ?

यो सेमिनार अष्ट्रेलियाको प्रतिष्ठित कलेज र बिश्व बिद्यालयहरुको प्रतिनिधिहरुको उपस्थिति रहने महत्वपूर्ण सेमिनार हो। यो अष्ट्रेलिया पढन जान चाहने बिद्यार्थीकोलागि सुनौलो अवसर पनि हो। सेमिनारमा धरान र इटहरीका साथै छेउछाउका ठाउँका बिद्यार्थीलाई अष्ट्रेलिया पढ्न जाँदा चाहिने आवश्यक जानकारी र भविष्यमा पाउन सक्ने अवसरहरुका बारेमा जानकारी पाउने कार्यक्रम हो। बिदेश पढ्न जान चाहने बिद्यार्थीको लागि आवश्यक पर्ने खर्च आदि जानकारी दिलाउन यो सेमिनारमा बैकिंङ बुथको पनि ब्यवस्था गरिएको छ। बैकिङ्ग बुथमा बिद्यार्थीले झेल्नुपर्ने आर्थिक समस्या र समाधानका बिषयको जानकारी पाउन सकिन्छ।

यो सेमिनार कस्ता विद्यार्थीहरुका लक्षित गरिएकाे हो ?

यो सेमिनारले प्लस टु पढिसकेका बिद्यार्थी व्याचलर्स पढ्न र व्याचलर्स पढिसकेकालाई मास्र्टस पढ्न र मास्र्टस पढिसकेकालाई रिसर्च अर्थात बिद्यावारिधि गर्नेहरुलाई लक्षित गरेको छ। समग्रमा हामीसँग प्लस टु देखि पिएचडी सम्म पढ्ने बिषयबस्तु भएका कलेज र बिश्वबिद्यालयहरुको सहभागिता हुनेछ। यसकारण धेरै भन्दा धेरै बिद्यार्थीलाई लाभान्वित गराउने हाम्रो लक्ष्य छ।

सेमिनारमा बिद्यार्थीहरूकाे कस्ताे सहभागीता हाेला भन्ने अनुमान रहेकाे छ ?

ईडनले करिब १०वटा सेमिनारहरुको गरिसकेको छ। सिमित कलेज र बिश्वबिद्यालयहरुसँग गरिदै आएको सेमिनारलाई यो पटक अझ पृथक बनाउने प्रयास गरेको देखिन्छ। ईडन एकेडेमीले ईटहरीमा १२भन्दा बढी कलेज र बिश्वविद्यालयका नेपाल प्रतिनिधिहरुलाई सहभागी गराएर गर्न लागेको सेपनारलाई भव्य बनाउन लागेको छ. यो सेमिनार पहिले भएका सेमिनारहरुभन्दा फरक र बिद्यार्थीलाई प्रत्यक्ष प्रश्नोत्तर गर्न मिल्ने किसिमको भएको ह’ँदा चारसय भन्दा धेरै बिद्यार्थी आउने अपेक्षा गरिएको छ।

अन्त्यमा, धरान र इटहरी बाहेक अन्य सहरहरूमा सेमिनार गर्ने बारे कुनै याेजना छ की ?

यो पटक धरान र इटहरीमा गर्ने भयौँ अव छिट्टै बिराटनगर र बिर्तामोडमा पनि गर्दै छौँ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…