सेमिनारमा बैंकिङ बुथ पनि राखिनेछ : अध्यक्ष तिगेला

इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली. धरानले यही पुष २१ गते शनिबार र पुष २२ गते आईतबार फ्रि सेमिनार गर्न गईरहेको छ । यो फ्री सेमिनार अष्ट्रेलियामा पढन जान चाहाने विद्यार्थीहरुका लागि केन्द्रित रहेको बताईएको छ । यहीक्रममा रुबी हुक्पाचोङ्बाङले इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली. धरानका अध्यक्ष मोहन तिगेला संग फ्रि सेमिनारको बारेमा केन्द्रित रहेर गरिएको संक्षिप्त कुराकानी ।

इडनले गर्न लागेको सेमिनार कस्तो सेमिनार हो ?

यो सेमिनार अष्ट्रेलियाको प्रतिष्ठीत कलेज र विश्व विद्यालयहरुको प्रतिनिधिहरुको उपस्थिति रहने भएकोले यो अष्ट्रेलिया पढन जान चाहाने विद्यार्थीहरुको लागि सुर्वण अवसर हो । यो सेमिनार धरानमा यही पुस २१ गते शनिवार र इटहरीमा पुस २२ गते आईतवार हुदैछ । धरान र इटहरीका विद्यार्थीहरुलाई अष्ट्रेलियामा पढन जादा चाहिने अत्याआवश्यक जानकारी र उनीहरुले भविष्यमा प्राप्त गर्न सक्ने अवसरहरुका बारेमा भरपुर जानकारी पाउनेछन् । यसैगरी यसपटक विद्यार्थीहरुको सहुलियतका लागि बैकिंङ बुथ पनि राखिने छ । जहा विद्यार्थीहरुले झेल्नुपर्ने अर्थिक समस्या र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने सम्पुर्ण जानकारी विद्यार्थीहरुले पाउनेछन् ।

पहिलेको सेमिनार र अहिले के फरक छ ?

पहिले भन्दा फरक विश्व विद्यालय र कलेजहरुको उपस्थिति रहनेछ । हामीले धेरै भन्दा धेरै र फरक विषय वस्तुहरु समावेश गर्देछौ । जस्तै ः नर्सिङ, होटल म्यानेजम्यण्ट, इन्जिनियरिङ लगायत जति पनि हाम्रो विद्यार्थीहरुको विषयवस्तुको रोजाई अन्र्तगत पर्ने धेरै विषयहरु भएका विश्वविद्यालय र कलेजहरुको प्रतिनिधिहरुको उपस्थिति छ ।

यो सेमिनारले कस्ता विद्यार्थीहरुलाई लक्षित गरेको छ ?

यो सेमिनारले प्लस टु पढि सकेका विद्यार्थीहरु व्याचलर्स पढन र व्याचलर्स पढीसकेकालाई मासर्टस पढन र मासर्टस पढीसकेकालाई रिसर्च अर्थात विद्यावारीधि गर्नेहरुलाई लक्षित गरेको छ । समग्रमा हामीसंग प्लस टु देखि पिएचडी सम्म पढने विषय वस्तु भएका कलेज र विश्व विद्यालयहरुको सहभागिता हुनेछ । यस कारण धेरै भन्दा धेरै विद्यार्थीहरु लाभान्वीत हुनेछन् ।

स्पोट एडमिसनको व्यावस्था छ की छैन ? यस पालिको सेमिनारमा ?

केही विश्व विद्यालय र कलेजहरुले विद्यार्थीहरुको कागजात हेरेर स्पोट एडमिसनका लागि स्पोट अफर लेटर दिने व्यावस्था छ ।

यस्तो फ्री सेमिनर अरु तिर गर्ने योजना छ की छैन ?

पहिलो पटक धरान र इटहरीमा गर्न लागिएको हो भने अव चाडैनै विराटनगर र विर्तामोडमा पनि गर्ने योजना रहेको छ ।

याे पनि पढ्नुहाेस्

ईन्टरनेसनल ईडन एकेडेमी कन्सल्टेन्सी इटहरीले सेमिनार गर्ने

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…