ताप्ली गाउँपालिकाको विकासका लागि गुरुयोजना बनाईरहेका छौं : अध्यक्ष उद्धवसिंह थापा

उदयपुर जिल्लाको उत्तरपश्चिमी पहाडी गाउँपालिका हो ताप्ली गाउँपालिकाआधारभूत विकास निर्माणका कामहरु समेत यहाँ पुरा भएका छैनन् ,गाउँपालिकाको विकास र वर्तमान कामहरु के के भईरहेका छन् ?गाउँपालिकाकाप्रमुख अध्यक्ष उद्धवसिंह थापासँग रेणु पराजुली ले गर्नु भएको कुराकानी :

उदयपुरको ताप्लीगाँउपालिकामा अहिले के के कामहरु भईरहेका छन् ?

गाउँपालिकाको अहिलेको कामको कुरा गर्नुपर्दा २०७५÷७६ को बजेट अनुसारका योजना सम्झौता , स्टिमेटका कामहरु सुरु भईसकेको छ ,अहिले त्यसैमा व्यस्त छौं ।

 उदयपुरको ताप्ली गाँउपालिकालाई कसरी चिन्न सकिन्छ ?

यो गाउँपालिका खासगरी विकट भौगौलिक क्षेत्र भएको गाउँपालिका हो । यहाँ लेकदखी वेसींहरु समेत छन् । त्यसकारण यहाँ चिसोदेखी गर्मी सम्मको अनुभू ितगर्न पाईन्छ ।ताप्लीपोखरीबाट सगरमाथादेखि अन्य हिमशृङ्खलाहरु समेत अवलोकन गर्न सकिने भएकाले यो पर्यटकिय गाउँपालिकाको पनि सम्भावना बोकेको गाउँपालिका हो ।सुनकोशी नदी पोखरीसम्मको उचाईलाई पर्यटनको सम्भावना अध्ययन गरी विकास गर्न सकिने गाउँपालिका हो ।

 स्थानिय निकायको निर्वाचनपछी गाउँपालिकाका जनताले फरक के महशुस गर्ने गरी परिवर्तनको पाए ?

हिजो कर्मचारीहरु थिए , आज जनप्रतिनिधिहरु आएका छन् ।कर्मचारी रबैया हराउँदै गएको छ ,जनताले आप्mनै प्रतिनिधिबाट काम गराउन पाएका छन् ।केन्द्र , जिल्लाको सेवा अव गाउँमै पाएका छन् ।स्थानियलाई परिस्थिति र सहज सेवा आउने व्यवस्था आएको छ ।

 समृद्ध गाउँपालिका बनाउन के योजनाहरु बनेका छन् ?

भौगोलिक विकटता , आयश्रोत कमी छ गाउँपालिकाको त्यसैले एकिकृत गुरुयोजना तयार गरिरहेका छौं ।गुरुयोजना अनुसार सडक , विद्युत , खानेपानी जस्ता आधारभूत पूर्वाधार निर्माणमा जोड दिएका छौं । त्यसैगरी पानीका लागि सुनकोशीबाट लिफटिङ् प्रकृया अघि बढाउने , राष्ट्रिय प्रशारण लाईनमा विद्युत जडान गर्ने ,सडक विस्तार गर्नेकुरालाई अघि बढाएका छौं ।

 गुरुयोजनाको अन्य समेटिने कुराहरु के के हुन ?

शिक्षा , स्वास्थ्य , कृषी , पशु व्यवस्थापन गर्न गुरुयोजनामै समावेश गर्ने , त्यसैगरी शिक्षाको अवस्था सुधार गर्न भेलाहरु राखेका थियौं । र त्यसपछी कार्याविधि बनाएर दरबन्दी मिलान दरबन्दी प्रकृया सिर्जना गरी सवै क्षेत्रमा सुधार गरिरहेका छौं ।त्यसैगरी कृषीका लागि नीति निर्माण गर्ने पकेट क्षेत्र निर्धारण गर्ने गाउँपालिकाले सहयोग गर्ने त्यसै गरी प्रविधिको विकासमा जोड दिईरहेका छौं ।

 सार्वजनिक स्थलमा मदिरा नियन्त्रण गर्ने जस्ता अभियान अन्र्तगत के के काम भईरहेको छ ?

खासगरी भन्नुपर्दा यो काम गाह्रो छ ,निषेध नै भन्ने कुराको सम्भवना छैन् न्युनिकरण गरेर जाने हो । यो गाउँपालिकालाई लागुऔषधको गाउँपालिकाको रुपमा परिचित गरिएको छ । यहाँ गाँजा लगायतका कुलतमा फसेका युवाहरु छन् भन्ने मान्यता परिवर्तन गर्न अभियान संञ्चालन गरेका हौ ।

 गाउँपालिकाको नाम नै बोकेको ताप्लीपोखरी ओझेलमा पर्नुको कारण के हो ?

सवैभन्दा पहिला त प्रचार प्रसारको कमी छ ।यसको विकासका लागि पनि एकिकृत गुरुयोजनामै समेट्ने छौं । गुरुयोजना अनुसार सम्भाव्यता अध्ययन गरी काम अघि बढाउने छौं । त्यसैगरी नेपाल सरकार समक्ष पोखरी अंकित टिकट छाप्ने प्रकृया पनि अघि बढाउने छौं ।

पोखरीका लागि अहिले बजेट र काम के भईरहेका छन् ?

पोखरीका लागि डिपीआर , भ्युटावर र शीवको मूर्ति निर्माणको काम अघि बढाएका छौं । त्यसपछि प्रचार प्रसारलाई पनि जोड दिने छौं । विशेष गरी पोखरीलाई पर्यटन विकासमा जोड दिंदै जाने छौं ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…