पुस १३ गतेदेखि ​इटहरीमा ‘ईश्वरलाई चिठी’

इटहरी । नयाँ पुस्तालाई नाट्य क्षेत्रमा ल्याउन महत्वपूर्ण भुमिका निभाएको कलालय इटहरीले एउटा अर्को नाट्य कार्यक्रमको तयारी गरेको छ । ईश्वरलाई चिठी नामक नाटक पुस १३ गतेदेखि तीन दिन प्रदर्शन गर्न लागेको छ । इटहरीको बुढी खोला छेउमा रहेको तायारिप्ची भवनमा उक्त नाटक दिउँसो १ र साँझ ४ बजे प्रदर्शन गरिने कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले बताए । ग्रेगोरियो लोप्जले लेखेको कथालाई इटहरीका युवा नाट्यकर्मी सुगम दुलालले नाट्य रुपान्तरण गरेका हुन् । कलालय इटहरीका अध्यक्ष सोनु जयन्ती परिकल्पनाकार र प्रज्वल पराजुली नाटकका निर्देशक हुन् । नाटकमा १९ बढी कलाकारहरुले अभिनय गरेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित