नेपाल प्रज्ञा–प्रतिष्ठानले पायाे पूर्णता

काठमाडौँ / नेपाल प्रज्ञा–प्रतिष्ठानले पूर्णता पाएको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले ३५ जना प्राज्ञ सदस्यलाई नियुक्त गरेपछि प्रतिष्ठानले पूर्णता पाएको नवनियुक्त प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले जानकारी दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिष्ठानका संरक्षक रवीन्द्रप्रसाद अधिकारी तथा सदस्य रहेको सिफारिश समितिले गरेको सिफारिशका आधारमा प्रधानमन्त्री ओलीले प्राज्ञ परिषद्मा ११ र प्राज्ञसभा सदस्यमा २४ जनालाई नियुक्त गर्नुभएको हो ।

यसअघि गत असोज २१ गते सरकारले प्रतिष्ठानका कुलपतिमा गङ्गाप्रसाद उप्रेती र सदस्य सचिवमा जगत्प्रसाद उपाध्यायलाई नियुक्त गरेको थियो । उपकुलपतिमा डा जगमान गुरुङ, तथा प्राज्ञपरिषद् सदस्यमा प्रा दिनेशराज पन्त, प्रा डा योगेन्द्रप्रसाद यादव, डा हेमनाथ पौडेल, प्रा डा उषा ठाकुर, माया ठकुरी, प्र गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा देवी नेपाल रहनुभएको छ ।

यसैगरी प्राज्ञसभा सदस्यमा लुमुम्बु, हरिप्रसाद तिमिल्सिना, रामकुमार श्रेष्ठ, प्रा डा खेम कोइराला बन्धु, आरडी प्रभाष चटौत, विवश पोखरेल, ध्रुव मधिकर्मी, रमा शर्मा, रामबाबुु सुवेदी र डा रजनी ढकाल रहनु भएको छ । यसैगरी नवनियुक्त प्राज्ञसभा सदस्यमा डा गीता त्रिपाठी, लक्ष्मी उप्रेती, महेश्वर राय, डा. वीणा सिन्हा, हरिशचन्द्र लावती, गोविन्द आचार्य, सुभद्रा भट्टराई, डा हरिदत्त पाण्डे, डा विजयकुमार दत्त, सूर्य खड्का बिखर्ची, प्रा डा कपिल लामिछाने, प्रा डा गोपाल पोखरेल, प्रा केशव सुवेदी र नन्दुप्रसाद उप्रेती नियुक्त हुनुभएको छ ।
नवनियुक्त सदस्यलाई आज प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीको उपस्थितिमा कुलपति उप्रतिले शपथ खुवाउनुभयो ।

नवनियुक्त उपकुलपति तथा प्राज्ञपरिषद् सदस्यलाई शपथ गराउँदै मन्त्री अधिकारीले साहित्य र प्राज्ञिक गतिविधिका माध्यमबाट प्रज्ञा–प्रतिष्ठानले हरेक जाति तथा समुदायका भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका कुलपति उप्रेतीले आगामी दिनमा प्रतिष्ठान देशका सबै प्रदेशमा साहित्य, संस्कृतिलगायतको खोज र अनुसन्धानमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित