झोराहाटमा ‘बर्बरिक’

सुनसरी / जननेता मदन भण्डारीको जीवनीमा आधारित नाटक बर्बरिक मोरग झोराहाटमा प्रर्दषन थालिएको छ । साहित्यकार प्रदिप नेपालको उपन्यास बर्बरिक लाई नाटय रुपान्तरण गरेर तयार पारिएको नाटक बर्वरिक पुष दुई गते सम्म दिनमा तीन पटक प्रदर्षन गरिने नाटय रुपान्तरण गर्ने भरत गुरागाँइले जानकारी दिनुभयो ।

नाटकको निर्देशन जीवन वरालले गर्नुभएको छ । नाटकमा भरत गुरागाईंसहित प्रयाग न्यौपाने, डीवी बस्नेत, अनु श्रेष्ठ, सुदीपजंग कार्की, दीपा पोखरेल, निराशा ढुंगेल, दीक्षा चौधरी, दिव्या रेग्मी, प्रज्वल काफ्ले, प्रदीप सरदार, विमल सम्वाहाम्फे, सौगात लुइँटेल, अर्जुन माझी, सुरज माझी, जिवय माझी, विद्याकान्त दाहालगायतले अभिनय गरेका छन् । बर्बरिक जननेता मदन भण्डारीको भूमिगत कालिन नाम हो ।

आजको पहिलो प्रदर्षन पछि अन्र्तक्रिया समेत गरिएको छ । कार्यक्रममा वोल्दै नेकपाका केन्द्रिय सदस्यहरु गुरु वराल,विनोद ढकाल,महेष रेग्मी लगायतले नाटक उत्कृष्ठ वनेको प्रतिक्रिया दिनुभयो । नाटक बर्बरिक पुष १८ देखि काठमाडौको कुञ्ज नाटक घरमा पनि प्रदर्षन गरिने वताइएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित