बेलबारीमा सुनिए कवि नवराज पराजुली (तस्विरहरू सहित)

माेरङ । पछिल्लो पुस्ताका चर्चित युवा कवि नवराज पराजुली शनिबार मोरङको बेलबारीमा आफनो चर्चित कविताहरु मार्फत प्रस्तुत भएका छन । मोरङ,झापा,सुनसरी र आसपासका स्थानबाट समेत उनको कविता सुन्न बाक्लै उपस्थिति रहेको थियो । सगरमाथाको गहिराई नामक पुस्तकबाट चर्चा कमाएका उनले ,हयाप्पी बर्थ डे,मोक्ष,रुख लगायतका आधा दर्जन चर्चित कविता बाचन गरेका थिए ।

साहित्य मार्फत पद्यश्री पुुरुस्कार समेत प्राप्त गरिसकेका उनका कविता सुन्ने साहितयप्रेमीहरुले ताली र वान्समोर ले उनलाई साथ दिए । लेट्स ईन्टरटेन्मेन्टको आयोजनामा उनी लेट्स कविता कन्सर्ट मार्फत रञ्जन गायकको लाईभ म्युजिक सहित प्रस्तुत भएका थिए ।

युवा पुस्तामा सर्बाधिक रुचाईएका पराजुलीका ४० मात्र कविताहरु प्रकाशित छन । थोरै कविता लेख्ने र प्रस्तुति मार्फत साहित्यप्रेमीलाई गज्जवको स्वाद पस्किन खप्पिस उनी देश तथा बिदेशमा सबैभन्दा बढी सुनिने कवि मध्येमा पहिलो नम्बरमा पर्छन । यस क्षेत्रका साहित्यप्रेमीहरुलाई साहित्यको स्वाद चखाउन उनलाई बेलबारीमा ल्याईएको आयोजक संस्था लेट्सका संस्थापक बिकास बुढाथोकीले जानकारी दिए । कार्यक्रम शुरु हुनुअघि कार्यक्रमका बारेमा रंगकर्मी सोमनाथ बाँस्तोलाले प्रष्टयाए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित