आफुले सिकाएका मानिसहरु सफल भएको देख्दा खुशी लाग्छ : बाबुराम प्रधान
इटहरी । इटहरीको ईटहरीमा बि.स २०२७ साल कार्तिक १५ मा जन्मिनुभएका बाबुराम प्रधान बहुप्रतिभाशाली ब्यत्ति हुनुहुन्छ । सफल ब्यबसायीका साथै सफल गायकका रुपमा समेत उहाँ परिचित हुनुहुन्छ । उहाँले आधा दर्जन बढी गित गाउनुभएको छ । १०४ पटक रत्तदान गरी रेकर्ड कायम गर्नुभएका उहाँ सामाजिक क्रियाकलापमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । ईमान्दार भएर कडा मेहनत गरे सफल हुने उहाँको तर्क रहेको छ ।
आफुले सिकाएका चालकहरु सफल भएको देख्दा धेरै खुसी लागेको उहाँ सुनाउनुहुन्छ । पछिल्लो समय रेडक्रसमा समेत आबद्ध उहाँ पहिलोपटक आफनो नाममा खरिद गरेको कार घरको छतमा राखेर समेत चर्चा कमाउनुभएको छ । घरको छतमा राजाको शालिक राखेर समेत चर्चा बटुल्नुभएका उहाँ बिवादको घेरामा समेत पर्नुभयो । तर उहाँ आफुलाई जे राम्रो लाग्छ त्यहि काम गरिरहेको र आफु खुसी रहेको बताउनुहुन्छ । उहाँसँग गरिएको भिडियो कुराकानी ।
याे पनि पढ्नुहाेस्
प्रतिक्रिया