काम गर्नेका लागी नेपालमै अथाह सम्भावना छ: पृथ्वी पराजुली (भिडियाे कुराकानी)

इटहरी । लामो समय अष्ट्रेलिया बसेर नेपालमै केही गर्न सकिन्छ भनेर सोच बोकी केही बर्षदेखि ईटहरीमा होटल म्यानेजमेण्ट सम्बन्धि स्किल क्याम्पस सञ्चालन गरेर सेवा गरिरहनुभएका पृथ्वी पराजुली सोही क्याम्पसका सिईओ हुनुहुन्छ । अष्ट्रेलियाका तारे होटलमा मासिक पाँच लाख बढीको कमाई अनि क्याम्पसहरुमा विभिन्न देशका विद्यार्थीलाई पढाउने काम छाडेर उहाँ नेपाल फर्किनुभयो । इटहरी बजारमा होटल व्यवस्थापनसम्बन्धि सीप स्कील कलेज तथा क्याफे अप्स्टेयर्स समेत सञ्चालन गरिरहनुभएका पराजुली ‘देश अनि आफ्नो ठाउँको मायाले तानेर यहाँसम्म ल्याएको बताउनुहुन्छ ।

सामान्य घर परिवारमा जन्मिएर इटहरीमा भर्खरै खुलेको बोर्डिङमा अध्यायन शुरु गर्नभएका उहाँ एसएलसी पछि उच्च शिक्षाको लागि काठमाण्डौ जानुभयो । प्लस टुमा विज्ञान विषय लिएर पढेपनि त्यतीखेर नेपालमा होटल म्यानेजमेन्टको पढाई शुरु भएको त्यो पनि सरकारले नै चलाएको थियो रविभवनमा । त्यहाँ होटल व्यवस्थापनको स्नातक अध्ययन पश्चात राम्रो नम्बर आएपछि पढाइको लागि अमेरिका जाने योजना बनाएपनि पाँच पटकसम्म रिजेक्ट भएपछि उहाँ बुवाको जोडबलले सन् २००४ मा एमबीए गर्न सिड्नीस्थित जेम्स कुक युनिभर्सिटीमा पुग्नुभयो ।

पृथ्वी पराजुली (सिईओ,स्किल कलेज)

बिभिन्न होटलमा काम गदैृ पढनुभएका उहाँले सिड्नीमै लिटिल नेपाल भन्ने रेष्टुरेन्टसमेत चलाउनुभयो । रेष्टुरेन्टले राम्रो व्यापार गर्यो । १० जना नेपाली विद्यार्थीले रोजगारी पनि पाए । १२ वर्ष सिड्नीमा हुँदा पनि ‘वर्षमा एक पटक नेपाल आउने उहाँ अष्ट्रेलियामा एसियाकै ठूलोमध्येको होटल द स्टारमा फुड एण्ड वेभरेज म्यानेजरको रुपमा उहाँले काम गर्नुभयो । ।
‘देश अहिलेसम्म रेमिटान्सको भरमा चलिरहेको छ र राजनीतिको कारण अझै ५० वर्ष रेमिटान्सबाटै चल्छ भने नेपालीलाई सीप किन नसिकाउने ? विदेशै पठाउनु छ भने कम्तिमा केही सीप सिकाएर पठाउँ ।’भन्ने सोचेर उहाँ २०१५ फेब्रुरीमा नेपाल फर्किनुभयो । उहाँ नेपालमा आउँदा त्यतीबेलाको नेपालको एक मात्र सर्टिफाइड टेफ इन्स्ट्रक्टर थिए । उहाँ काठमाडौको गेट कलेजमा आबद्ध हुनुभयो र नेपाली विद्यार्थीहरुलाई पढाउनुभयो ।

उहाँले अहिले स्कुल खोलेको घरसँग उहाँको हजुरबुवादेखिको याद जोडिएको छ । ‘यो ठाउँमा केही गर्नुपर्छ भन्ने ठूलो इच्छा उहाँको हजुरबुवाको थियो, त्यही क्रममा वहाँले ४८ सालमा शिवशंकर वस्त्रालय खोल्नुभयो,’ खोलेको तीन महिनामै उहाँका हजुरबुवा बित्नुभयो । पछि ५२ सालतिर उहाँका बुवाले पृथ्वी गेष्ट हाउस चलाउन थाल्नुभयो । पछि उहााले गेष्ट हाउस बेच्नुभयो । अहिले पराजुली आफ्नै बुवाले गेष्ट हाउस चलाएको घरमा होटल व्यवस्थापनसम्बन्धि विभिन्न कोर्ष पढाउँनुहुन्छ ।

पछिल्लो समय नेपालमै पनि होटल व्यवस्थापन पढेका विद्यार्थीको राम्रो सम्भावना देख्नुहुन्छ उहाँ । पूर्वमा पनि झापा, विराटनगर, इटहरी, धनकुटामा स्टार होटलहरु खुल्ने क्रममा छन् । उहाँको कलेजमा एड्भान्स होटल म्यानेजमेन्ट कोर्ष सञ्चालन सुरु भइसकेको छ । जसमा ३० जना सहभागि छन् । छोटो अवधिका तालिमहरु सानो सानो समुह बनाएर बारम्बार आयोजना गर्ने उहाँले जानकारी दिनुभयो । करिब १० बर्ष अष्ट्रेलियामा अध्यायन पछि नेपाल फर्किएर क्याम्पस,क्याफे ग्राउण्ड,कफी शप लगायत क्नसलटेण्टका रुपमा काम गरिरहनुभएका उहाँसँग बिबिध बिषयमा गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…