लेखक डा मल्ल रहनुभएन

काठमाडौँ / प्रसिद्ध लेखक डा कमलप्रकाश मल्लको ८३ वर्षको उमेरमा नशासम्बन्धी (पार्किङसन्स) रोगबाट अमेरिकाको एटलान्टामा शनिबार राति निधन भएको छ । उहाँ विगत १५ वर्षदेखि अमेरिकामै बस्दै आउनुभएको थियो ।

अङ्ग्रेजी विषयमा लामो अवधि प्राध्यापन गराउनुभएका मल्लले त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी विभागको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । केही समय सोही विश्वविद्यालयको शिक्षाध्यक्षकोसमेत जिम्मेवारी सम्हाल्नुभएका लेखक मल्लका अङ्ग्रेजी र नेपाल भाषाका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

इतिहासकार धनबज्र बज्राचार्य र उहाँले मिलेर गोपालराज वंशावली प्रकाशित गर्नुभएको थियो । नेवारी शब्दकोषको पनि लेखक मल्लले सम्पादन गर्नुभएको थियो । उहाँको चर्चित अङ्ग्रेजी कृति ‘रोड टु नोहोयर’ हो । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको अन्त्येष्टि मङ्गलबार अमेरिकामै हुने मल्लका भाइ मल्ल के सुन्दरले जानकारी दिनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित