बढदो दुर्घटनाको जोखिम र यस्ले निम्त्याउने दुर्दशा !

नेपालमा दैनिक रुपमा दर्जनौ दुर्घटना हुने गरेका छन । त्यसमा कम्तिमा आधा दर्जन बढी मानिसले ज्यान गुमाउँछन भने दर्जनौ घाईते बन्ने गरेका छन । देशका बिभिन्न भेगमा दैनिक रुपमा बढदै गएको दुर्घटनाले मानबीय क्षतिका साथै आर्थिक रुपमा समेत ठुलो क्षति गर्दछ । दुर्घटनाका कारण अंगभंग हुने दुर्घटनाकै कारण पारिवारिक बिखण्डन हुने र आर्थिक रुपमा समेत ठुलो क्षति हुने गरेको छ । सञ्चारमाध्यायमहरुमा कुनैदिन दुर्घटनाको खबर नआएको त दिन नै हुन छाडेको छ ।

ट्राफिक प्रहरीले राजमार्गमा दैनिक रुपमा सुरक्षा चेकजाँच गरिरहेको हुन्छ,जनचेतना मुलक कार्यक्रमलाई समेत निरन्तरता दिई नै रहेको हुन्छ तरपनि दुर्घटनामा कमी हुनुको साटो बढदै गएको छ । राजमार्गमा असिमित गति र लापरबाहीका कारण नै बढी दुर्घटना भएका देखिन्छन । सार्बजनिक बस लगायतका सवारीमा बढी यात्रुको चाप,ओभरटेक,मदिरा सेवन र कतिपय अबस्थामा चालक निदाउने समस्याका कारण दुर्घटना बढेका छन ।
मेटरसाईकल लगायतका साधनमा यात्रा गर्दा चालकहरुले मदिरा सेवन गरी सवारी चलाउने,हेलमेट प्रयोग नगर्ने र असावधानी पुर्बक सवारी चलाउने भएका कारण पनि दुर्घटना बढदै गएका छन । ट्रक,ट्रयाक्टर,लहरी लगायत मालवहाक सवारी साधनमा समेत चालकले मादक पदार्थ सेवन गर्ने र क्षमता भन्दा बढी लोड बोक्ने कारण अनियन्त्रित भई दुर्घटना हुने गरेका छन ।

दैनिक रुपमा दुर्घटनाले भयानक रुप लिईरहेको छ । सडकमा नियमसंगत रुपमा सबारी चलाउनेहरु समेत अन्य चालकहरुको असावधानीका कारण दुर्घटनाको जोखिममा पर्ने गरेका छन । सवारी स ञ्चालन सम्बन्धि नियम कानुन सबै छ,चेकजाँचमा समेत उत्तिकै कडाई गरिएको छ तरपनि दुर्घटनाको जोखिम दैनिक रुपमा बढिरहेको छ ।

देशका मुख्य राजमार्ग समेत धेरै स्थानमा असुरक्षित देखिन्छन । सडकका आसपासमा भएका बिजुलीका पोल,एम्बुस झै बनेका सुकेका रुख,र राजमार्गमा जताततै छाडा पशु चौपाया छोडने भएका कारण पनि राजमार्ग असुरक्षित बन्दै गएको छ । राजमार्गलाई सुरक्षित बनाउन र दुर्घटनाको जोखिम घटाउन सम्बन्धित पक्षले ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित