महाकवि देवकोटाको स्मृतिमा श्रष्टा सम्मान

संखुवासभा / महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा संखुवासभामा श्रष्टा सम्मान कार्यक्रम गरिएको छ । बुधबार महाकवि देवकोटाको १ सय १० औं जन्मजयन्तीको अवसरमा मकालु साहित्यक समाज संखुवासभाले जिल्लाका लोक गीतका श्रष्टा तथा गायकलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कमलिकान्त भेटुवाल र उमंग लामा रहेका छन् । उनीहरुले लोक गीत संगीतको क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीले बताए । उनीहरुले दर्जन बढी लोक रचना तथा स्वरबद्ध गरेका छन् ।

उक्त कार्यक्रममा संखुवासभा र भोजपुरका कविहरुको कवि गोष्ठी समेत भएको थियो । कार्यक्रममा मोरङका श्रष्टा कवि केशरी लगायत भोजपुर र संखुवासभाका दर्जन बढी कविहरुले रचना वाचन गरेका थिए । कार्यक्रममा हिमालय माध्यमिक विद्यालय खाँदबारीका विद्यार्थीहरुले देउसी नाच समेत प्रस्तुत गरेका थिए । उनीहरुले हिमाल, पहाड र तराईका मानिसका भेषभुषामा सिंगारिएर नाच प्रस्तुत गरेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित