डिएसपी साहेव, नाका निगरानी किन सुस्त, कि सेटिङ्ग भयो !

खगेन्द्र घिमिरे

करिब दश वर्ष भएछ मैले पत्रकारीता गरेको । अझ पूर्वी नाका काँकरभिट्टाको बारेमै केन्द्रित भएर लेख्न थालेको पनि पाँच वर्ष नाघेछ । यो बीचमा प्रहरी प्रशासनमा धेरै प्रमुखहरु फेरिए । सबैले नाकामा हुने चोरी, निकासी, तस्करी, मानव बेचबिखन निर्मुल गर्छु भन्दै आए । तर, अँह कसैले पनि लछार पाटो लगाउन सकेनन् । सबै त्यीनै तस्करहरुसँग मिलिरहे , आफ्नो गोजी भरिरहे । देश र जनताको बारेमा सोच्ने फूर्सद समेत भएन उनीहरुलाई ।

आईतबार दिउसो प्रवेशद्धारमा खटिएका केहीँ जवानहरु डियुटी गरिराखेका थिए । उनीहरुको आसपासमा केहीँ व्यापारी घुमिराखेका थिए । त्यहीँ मध्ये एक जना महिला उनीहरुलाई घुस घुवाउन यता उता हिडिराखेकी थिइन् । झापा बुधवारेकी ति महिला आफ्नो सामान कटाउन घुमाउरो शैलीमा १ सय ५० रुपैया ति जवानलाई दिन बाध्य भईन् । ति जना जवानहरुलाई ५०,५० ले बिभाजन गर्ने रे । यो त यस क्षेत्रको एक नमुना घटना मात्र हो । यस्ता घटना नघेटेको समय हुन्न । तर,डिएसपी साहेवलाई बाहिर के भएको छ भनेर हेर्ने समय छैन् । किन भने वाहिरको लाज हेर्न मन नभएको हो कि देखेर पनि पचाउन सक्ने शक्ति छ ।

देखिएका तमाम समस्याहरु समाधान गर्न प्रहरी किन कमजोर भएको भनि सोध्दा सबैको मुखबाट एउटै जवाफ आउँछ, खुल्ला नाका । यो कसैले भन्नै पर्दैन । किनभने नेपाल भारतबीच सबैतिरका नाका खुल्लै छन् । यसको मतलब सुरक्षा प्रशासनलाई खुल्ला नाकाको फाइदा लुट्ने छुट कदापी छैन ।

हो, प्रहरी तथा अन्य सुरक्षाको निकाय जनतालाई सुरक्षा दिने उद्देश्यले स्थापना भएको हो । देश हिंसारहित बनाउन, समाजलाई अनुशासनमा बाध्न नै उनीहरुको स्थापना भएको हो । त्यसैले उनीहरुलाई सुरक्षा निकायको ‘उपमा’ दिइएको हो । तर, त्यीनै जनताको सुरक्षा गर्न माटोको टिका लगाएर सपथ खाएका प्रहरी प्रशासनले नाकामा बसेर तस्करहरुसँग साँठगाँठ गर्दा प्रहरीमाथि जनताको भरोसा उड्दैन ? जनताले तिरेको करबाट तलब खाएपनि पोके , झोले तथा मिलेमत्तोमा कमिसन खादा प्रहरीलाई लाज लाग्दैन ? उनीहरुलाई जनता भरोषाको डर हुँदैन ?

कतिपय साना देखि अलिक उच्च ओहोदामा बस्ने प्रहरीको मुखबाटै मैले सुनेको छु, नाकामा आउन राजनीतिक ‘सोर्स’ पनि ठूलै लगाउनु पर्छ । यहाँ आएर कमाई पनि राम्रै हुन्छ भनेर उनीहरुले दिएको अभिव्यक्ती र व्यवहार पनि धेरै देखेको छु । प्रश्न, आखिर किन त यस्तो ?हिजो आउने संगठनका प्रमुख हुन् वा आज संगठनमा विराजमान प्रहरी प्र्रमुख, उत्तर एउटै छ खुल्ला नाका । तर,तस्करी गर्नेहरु को पहिचान गर्न संगठन भित्र सयौ जवानहरु दिएको छ, यो चाहिँ किन विर्सेको ?

पूर्वी नाका सँग जोडिएका सिमा क्षेत्रमा सुरक्षाका लागि दिएका जवानहरु कुनै सार्वजनीक स्थानमा राखिएका शालिक होइन् । जुन शालिकले सबैलाई एउटै नजरले देख्छ । आँखा हेरिराखेको हुन्छ ,तर मौन हुन्छ । वषौ देखिको भाषा अब परिर्वतन गर्न जरुरी छ । अचम्मको कुरा छ ,डिएसपी साहेव तपार्इं यस क्षेत्रमा आउनु भएको करिव ३ महिना बित्यो । तर,जनताले अनि यस क्षेत्रका स्थानियले तपार्इंबाट के एउटा नौलो पन पाए?तपार्इंले काम देखाउन नसक्नु भएको कि ? जनताले तपाईंलाई साथ नदिएको ?प्रहरीलाई मुख्य प्रवेशद्धारबाटै हुने चोरी पैठारी र आपराधिक गतिविधी रोक्न तपार्इंलाई केले छेक्यो ?

तस्करी नियन्त्रण भन्ने नाममा आम नागरिकले सास्ती पाईराखेका छन् । नेपाल—भारतको पूर्वी सीमानाका काँकरभिट्टाकोे मुख्य गेटबाटै तपाइले देखेर वा नदेखेर आर्थिक कारोबार हुन्छ । त्यो,नियन्त्रण गर्न केले छेक्यो ? सिमा क्षेत्रका कार्यालयमा आउन तपाईले राम्रै पावर लगाएर आउनु भएको होला । तर भिजन बिना नाका क्षेत्रमा शालिक बन्नु उचित नहोला कि डिएसपी साहेव ।

सधैं साधन स्रोत र खुल्ला सिमालाई मुख्य चुनौतीका रुपमा लिने प्रहरी प्रशासनले काँकरभिट्टाको मुख्य गेटबाटै ठूलो तस्करी र खुले आम रुपमा प्रहरीले पैसा असुलेको आम नागरिकले देख्दै आएका छन् । तर, तपाई लगायत उच्च अधिकृतहरु भने नदेखे झैं गर्दै आउनु भएको छ । मुख्य गेटबाट हुने तस्करीमा कपडा, गाडीका पार्टपुर्जा ,इलेक्ट्रोनिक्स, खाद्य वस्तु, सुपारी, मटर, मरिच, कस्मेटिक, स्याउ, मकै, इन्चीटेप, रेडिमेड कपडालगायतका सामान बाट मुख्य प्रवेशद्धारकै तपाइका जवानहरुले रकम खादै आएका छन् ।

प्रवेशद्धारमा भारतीय नागरिकहरु शरिरमा भिटिङ्ग गरेर बिभिन्न सामान भारत लादै आएका छन् । नजिकै चिया पसमा बसेर चिया खानु हुन्छ । तर,तपाई पनि आम नागरिक जस्तै रमिते बन्नु हुन्छ । वास यतिनै हो जिम्मेवारी ?

एक वर्ष सम्म भारतबाट नेपाल आउने रिक्सा गेटमा रोकिएका थिए । त्यसले गर्दा तस्करी केहीँ घटेको थियो । तर तपाई आएकै दिन त्यो खुल्यो । चाडपर्व अघि स्थानिय सँग भारतीय सवारी नियन्त्रण लगायतका बिषयमा बैठक भयो । तर कार्यन्वयन सून्य ,अहिले बसपार्क क्षेत्रमा यात्रु सास्ती खेपिराखेका छन् ,काँकरभिट्टा क्षेत्रमा अवैध कारोवार भइराखेको छ । तर,तपाईको नजर जान सकेको छैन् ।

आम नागरिकका लागि प्रतिबन्धित भारतीय सुर्तीजन्य वस्तु रजनी गन्धा, बीँडी, खैनी, सिहर्स, खाने तेल, रेडबुललगायतका पेय पदार्थ खुले आम रुपमा नेपाली बजारमा भित्रिरहेका तर नियन्त्रण खोई ?

करिब तिन महिनादेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नेतृत्व सम्हालेका डिएसपी महेश थापाले झापाका सञ्चारकर्मीहरुलाई सुरुका दिनमा कुनै पनि गलत कार्य नगर्ने र गर्ने÷ गराउने प्रहरी तथा कर्मचारीलाई कडा कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गरेको ताजै छ ।

प्रहरी नायब उपरीक्षक थापाले असोज महिनाको उत्कृष्टताको पुरस्कार पनि प्राप्त गरे । शुभकामना र बधाईको राम्रै चर्चा पनि भयो । तर, डिएसपी सव तपाई पाएको सम्मान यँहाको जनताको हितमा केहीँ देखिन्न । खोई त्यो भन्दा ठूलो लागुऔषध बरामत भएका घटनाको कुरा कँहा पुग्यो ? प्रवेशद्धारमा देखिएका रमिता कहिँले सम्म हेर्ने ? व्यापारी सँग भारतको पानीट्याङ्की,बसपार्क क्षेत्रमा हुने डिलिङ्गको बिषयमा तपाईको ध्यान कहिँले जाने ?

केहीँ वर्ष अघि प्रहरीको निगरानी हुने गरी ८ वटा सिसि क्यामेरा जडान गरिएको काँकरभिट्टा क्षेत्र । अहिले कुनै घटना भएर फुटेज हेर्न इलाका गयो भने के देख्न पाईन्छ । कि तार चुट्यो ,कि समस्या छ । यहीँ होइनउत्तर ।

क्यामेरा प्रमुखको निगरानीमा हुनु पर्ने हो । दिनभर भएको गतिबिधि तपाइले बेलुका हेर्नु पर्ने हो तर, कति पटक हेर्नु डिएसपी साव क्यामेराको फुटेज ?
झापामै मुस्कानसहितको प्रहरी सेवा, प्रहरी मेरो साथी र पीडितको साथी लेखिएका ब्यानर र प्रहरीलाई पोशाक समेतको व्यवस्थापन गरेर झापालाई उत्कृष्ट प्रहरीको सम्मानसहित आम नागरिकको विश्वास लिने प्रतिबद्धता भइराखेको छ ।

त्यस्तै झापालाई मदिरा रहित जिल्ला बनाउने जस्त कार्ययोजना जिल्ला प्रहरीले संचालन गर्दै आएको छ । तर,नाका क्षेत्रमा तपाइको पनि केहीँ नयाँ पनको आसा गरेका छन् । प्रहरी क्षमता प्रदर्शन गरेर भर्ना हुन्छन् कि हाकिमले टीका लगाइदिएर त्यो पनि जान्न मन लागेको छ । नत्र भने नाकामा खटिएका प्रहरी अघिनै हुने गतिबिधि रोक्न किन प्रहरी मौन छ? साइकलमा सामान तस्करी,पोके फिटिङ्ग,भन्सार गरेर भित्रिएका सामान चेकजाच गर्ने निउमा प्रज्ञापन पत्र भित्रको रकम गोजीतिर हाल्ने,अनि गेटमा लामो समय सम्म व्यापारी सँग कनेक्सन,मोवाइल नम्वर आदन प्रदान के यो कुनै उचित हो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित