पागल र पंन्छी लाई इनरुवाको नागरिक सम्मान

इनरुवा नगरपालिकाको कार्यालयले औपचारिक कार्यक्रमको आयोजनागरी पागल चरीलाई नागरिक अभिनन्दन गरेको छ । इनरुवा क्षेत्रमा रहि कला र साहित्य क्षेत्रमा योगदान पुर्याउने अग्रजद्वय उपेन्द्र पागल र चरी बा जिवनाथ पोखरेललाई नगरपालिकाको कार्यालयले नागरिक अभिनन्दन सहितको सम्मान गरेको हो ।

पागल र चरी दुवै प्रा.डा. हुन् । दुवै साहित्य सिर्जना र कलाको क्षेत्रमा लामो समययता सकृय छन् । जेष्ठ नागरिक पागल स्वास्थ्य समस्याका बाबजुत साहित्य सिर्जनाका क्षेत्रमा कटिबद्ध छन् । एन आर्टका प्रणेता मानिने पोेखरेल चित्रकला क्षेत्रका हस्ती मानिन्छन् । विशेषगरी चराहरुको चित्र कोर्न रुची राख्ने चरी बा सुपाडीको खोक्रो लगायतका वस्तुलाई आकृति बुन्न माहिर छन् ।

दुवैलाई इनरुवा नगरपालिकाका मेयर राजन मेहता सहित साहित्य क्षेत्रका अग्रज लगायत उपस्थित अतिथिहरुले सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्था तथा साहित्य क्षेत्रमा कृयाशिल संस्थाले समेत पागल चरीलाई सम्मान गरेको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित