बारम्बार महिला मात्रै बलात्कृत किन ?

विद्या शर्मा

संसारमा आधा आकाश ढाक्ने महिलाहरु किन बलात्कारको सिकार हुनुपर्ने ? परम्परागत कुरिती र रुढीबादी सोचको कारण सदिऔ देखि महिलाहरू बलात्कृत भएका छन। महिलाहरु माथी हुने शारीरिक शोषण लाई मात्रै बलात्कार भन्ने गरिन्छ तर महिलाहरू माथी शारीरिक बलात्कार मात्रै होइन बिभिन्न किसिमका बलात्कार भइरहेको छ। सतिप्रथा जस्ता कहालिलाग्दो अन्धविश्वास बाट नेपाल मुक्त भएपनी अहिले परम्पराको नाममा महिलामाथी विभिन्न किसिमको शोषण भएको छ। गाउँ होस या शहर सबै ठाउमा महिलाको अवस्था दयनीय छ। श्रीमानको निधन भयो भने श्रीमतीले जिन्दगी भरी सेतो कपडा लगाएर बिधुवा भएर लज्जित भएर हिडनु परेको छ। बिबाह गरेर जादा दाइजो नल्याएको भन्दै जीउँदै जल्नु परेको छ।

गर्भमा सन्तान छोरी भए बंशधान्ने नाममा गर्भमै छोरी मर्नुपरेको छ। महिलाले नै बोक्सिको आरोपमा जिउदै जल्नुको साथै जबर्जस्ति दिशा समेत खानुपरेको छ। त्यसैले अन्धविश्वास, अपशब्द, शारीरिक पिडा, मानसिक पीडा जस्ता शोषण नै बलात्कार हो। पछिल्लो समय नेपाली समाजमा बलात्कार यसरी मौलाएको छ कि जुन घटनाहरु सम्झिदा समेत मुटु काप्नेगर्छ। नेपाली समाजमा ब्यबस्था धेरै परिवर्तन भए तर नेपाल र नेपालीको अवस्था झनै दयनीय भएको छ। मान्छेहरूमा मानबियता छैन। राणा शासन, पंचायत, बहुदलीय ब्यबस्था हुँदै नेपाल अहिले संघीय गणतान्त्रिक ब्यबस्थामा चलेको छ। स्वतन्त्रताको नाममा जति ब्यबस्था परिवर्तन भए त्यतिनै आम नागरिकमा मानवीयता हराउदै गयो। गणतन्त्र आएपछि भएका ख्याती श्रेष्ठको बलात्कार पछिको हत्या, प्रहरी हवल्दार सुन्तली धामीको आफ्नै सहकर्मीहरु द्वारा भएको सामुहिक बलात्कार हुँदै १३ वर्षीय निर्मला पन्तको बलात्कार पछिको हत्या सम्म आइपुग्दा देश कता तिर अगाडि बढदै छ ?

नेपाली समाज कता तिर मोडिएको छ ? यसको अर्थ महिला हिंसा पुरुष बाट मात्रै भएको भन्ने होइन। महिला बाट महिला माथी हिंसा भएको छ। माहिला बाट पुरुष माथि पनि हिंसा भएको छ। पुरुष द्वारा पुरुष माथि शारीरिक शोषण भएको पनि नेपाली समाजमा देखिएको छ। महिलाहरु ले नै बढदो पश्चिमा संकृती र फेसन मा रमाउन खोज्दा आफुले आफुलाई बलात्कारको सिकार बनाएका छन। इमेल, इन्टरनेट, सामाजिक संजाल मात्रै होइन पछिलो समय चल्तिका पत्रीकाहरुमा समेत नाङ्गो तस्बिर छाप्ने र आफ्नो पत्रीकाको ब्यापार बढाउने क्रम बढदो छ।

यसले समाज लाई गलत बाटो तर्फ डोहोर्याउने निस्चित छ। महिला भएकै कारण एक सक्षम महिला प्रहरी अधिकृत आइजिपी हुनबाट बन्चित भईन। नेपालमा रास्ट्रपति महिला, प्रधानन्यायाधीश महिला, विभिन्न निकाए महिलाले नेतृत्व सम्हालेका छन। तर महिलाहरु दिनानुदिन बलात्कृत हुदा राज्य लाचार भएको छ। नेपालीले कानुनी राज्यको महसुस गर्न सकेका छैनन। बलात्कार पछि हत्या भएको २ महिना बितिसक्दा पनि सम्बन्धित निकायले अपराधी सार्वजनिक गर्न सकेको छैन। उल्टै निर्दोष लाई दोषी भन्दै वास्तविक अपराधी जोगाउन नेपाल सरकार उद्दत देखिएको छ।

अन्त्यमा, बन्द गरौं महिला हिंसा, नबिर्सौ जन्म दिने आमा नारी हुन। भाइटिकामा पुज्ने दिदिबहिनी नारी हुन। तिम्रा छोरी चेली पनि अरुका घरमा जादा हुन। तिम्रा घरमा पनि अरुका छोरी चेली आउदा हुन। अरु लाई पर्दा थपडी बजाउने अनि आफुलाई पर्दा पीडा नसम्झिऔं। आज अर्कोलाई परेको पीडा भोलि हामी लाई नपर्ला भन्न सकिँदन। त्यसैले एकताबद्ध बनौं बढदो महिला हिंसा अन्त्यको निमित्त आजै बाट आवाज बुलन्द बनाऔं।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित