दशै कि दशा -संस्कृति हराउँदै,बिकृति भित्रिदै

मोरङ । पछिल्लो समय नेपाली चाडपर्वहरु बिकृत बन्दै गएका छन । चाडपर्वहरुको आफनै महत्व रहेको छ । चाडपर्वमा हाम्रा संस्कार र संस्कृति समेत जोडिएको छ तरपनि चाडपर्वहरु पछिल्लो समय संस्कृति कम र बिकृति बढी बन्दै गएका छन । केही बर्षअघि सम्म चाडपर्वहरु आउँदा एकप्रकारको उत्साह र उमंग आउथ्यो,बर्षभरि मानिसहरु चाडपर्वको पर्खाइमा हुन्थे,टाढाका आफन्त सँग भेटघाट,बिदेशिएका परदेशीहरुको आगमन अनि संस्कार संस्कृतिको अनुपम उपहार जस्तै हुन्थ्यो चाडपर्व तर,आजभोलि यो सबै हराएको छ । चाडपर्वहरुमा संस्कृतिको रक्षा भन्दा बिकृतिलाई पश्रय दिने पर्बका रुपमा अघि बढदै गएको छ ।

हुनेखाने र हुँदा खानेबिचको पर्खाल झनझन बढदै गएको छ । हुनेखानेहरुले बर्षभरि नै दशै मनाईरहेका हुन्छन । तर हुँदा खानेहरुले बर्षभरि जोरजाम गरेर बर्षमा एकपटक मनाउने चाडपर्वको समेत महत्व घटदै गएको छ । दशैलाई दशाको रुपमा हेर्न थालिएको छ । देखासिकी गर्ने चलनका कारण हाम्रा चाडपर्वहरु बिकृत बन्दै गएका छन । गाँउमा लिंगे पिङ र रोटेपिङहरु देखिन छाडेका छन । कुनै कम्पनीले आफनो ब्राण्ड प्रमोसनका लागी मात्र त्यस्ता पिङहरु लगाईदिन थालेका छन ।

साथीभाई,आफन्त र नातागोता भेटघाट गरी रमाईलो गरी मनाउने चाडपर्बहरु आजकल परिवारका सदस्यहरु समेत भेटघाट नगरी आफनो खुसीमा आफनै तरिकाले मनाउन थालिएको छ । जुवा,तास र मदिरा सेवन गरी परिवारका सदस्यहरु आफनै तालमा चाडपर्वहरु मनाउन थालिएको छ । यस्ता क्रियाकलापले पारिवारिक रुपमा बिखण्डन समेत ल्याउन थालेको छ । देखासिकी गरी चाडपर्व मनाउने चलनले गर्दा हुँदा खानेहरुलाई बर्षभरी नै ऋणको बोझ पर्ने भएका कारण यो पर्ब बिकृत बन्दै गएको छ ।

दिनप्रतिदिन मौलिक संस्कृति र परम्परा हराउँदै गएको छ भने चाडपर्वका नाममा,रमाईलोका नाममा बिकृति भित्रिदै छ । परिवार र अरुको खुसी भन्दा पनि आफनो खुसीका लागि जे पनि गर्न तयार हुने मनोबृतिका कारण परिवार सँग दुरी बढदै गएको छ । चाडपर्वलाई संस्कृतिका रुपमा मनाउनु भन्दा पनि बिकृतिका रुपमा यसलाई अंगालिएका कारण हाम्रा चाडपर्वहरु बिकृत बन्दै गएका छन ।

देखासिकी र भडकिलो चाडपर्वका कारण दशै दशा बन्दै गएको छ भने संस्कृतिका नाममा बिकृति बढदै गएको छ । यसलाई चाडपर्व र संस्कृतिका रुपमा बुझेर अंगाल्न सकिएन भने चाडपर्वहरु हाम्रा लागी दशा बन्दै जानेछन र यस्ले बिकृत रुप लिँदा यो पर्वको अस्तित्व नै हराएर जाने छ । तसर्थ चाडपर्वलाई संस्कृतिका रुपमा अंगालौँ,देखासिकी हैन यसलाई भाईचारा र आत्मीय पर्बको रुपमा स्वीकार गरौँ । दशै सबैका लागी उल्लासमय बनोस,कसैका लागी दशा नबनोस ।

प्रतिक्रिया

सम्बन्धित