खसीबोका काट्न हुन्न भनेर सिकाउनेहरु क्रिश्चियन दलाल हुन् : डा. बस्न्यात

‘स्ट्रेट फरवार्ड’का स्तम्भकार डा. प्रेमसिंह बस्न्यातसंगको दशैं सम्वाद । दशैंका नाममा व्याप्त विकृति, जाँडरक्सी, जुवातासको संस्कृतिबारे चर्चा गरेका छौं । डा. बस्न्यातको बाल्यकाल र दशैंको प्रशंग पनि जोडेका छौं । प्रस्तुत छ उहाँको दशैं अनुभव उहाँकै शैलीमाः

‘म सैनिक पृष्ठभूमिको व्यक्ति हुँ । सेनामा दशैंको बेला बलि दिने चलन छ । तर पछिल्लो समय हामीलाई बलि दिन हुँदैन, खसीबोका काट्न हुँदैन भनेर अर्ति दिने विदेशीहरु हावी भएका छन् । यस्ता अर्ति दिनेहरु त्यस्ता ठाउँका पनि छन् जसले रंगशालामा साँढेलाई घोचीघोची मार्छन् । फुटबल खेलमा झै बसेर मजा लिन्छन् साँढे छटपटाएको । मलाई यस्ता पशुअधिकारकर्मी क्रिष्चियनका दलालहरुदेखि घृणा लाग्छ ।

बलि दिने हाम्रो प्रथा नै हो । चल्छ चल्नु पर्छ भन्ने लाग्छ । अधिकारकर्मीहरुले भेगन भएँ भनेर घोषणा गर्न सक्छन् ? उनीहरुले माछामासु खान्न भन्न सक्छन् ? मैले करिब ४० वटा खसीबोका मार हानेको छु । राँगो ढाल्ने चाहिँ आँट आएन । अग्लो पनि हुने, मोटो गर्धन भएको, देख्दै डरलाग्दो भएका कारण मैले राँगो मार हानिनँ । माओवादी युद्धपछि चाहिँ मार हानेको छैन । घरमा पनि खसी काट्दैनौं । किनभने घरमा मासु खाने मान्छे नै भएनन् । काँटेको मान्छे हेर्न नसक्नेहरुका कारण पनि घरमा खसी काट्न छाडियो ।

हाम्रा पुर्खाहरु कतै युद्ध गर्न जानु पर्यो भने निशानमा पुजा गरेर जान्थे । रगत लगाएर मात्रै निस्किन्थे । विजयको कामना गर्ने एक चलन पनि मार हान्ने हो । हाम्रो तिर खसीबोका भन्दा च्यांग्रा काट्ने चलन थियो । हिमाल काटेर आएका भनेर च्यांग्रा खाने चलन थियो । खसीबोका भन्दा च्यांग्रा उच्च कोटीको मानिन्थ्यो । खसीबोकामा चाहिँ बोसो बिनाको मासु मन पराउँदैन थिए । कसको घरको खसीमा कति केजी बोसो थियो भन्ने कुराको ठूलो महत्व हुन्थ्यो । जति धेरै बोसो त्यति धेरै शानको कुरा हुन्थ्यो । अहिले आएर बोसोको कुरा सम्झिदा अनौठो लाग्छ ।

केटाकेटी हुँदा आशिर्वादको भन्दा दक्षिणाको महत्व हुन्थ्यो । हामीलाई बीचमा प्वाल भएका चार पैसाको डबल दिन्थे । धेरै अति नै धैरै दक्षिणा पाउनेले पाँच रुपैयाँ पाउथे । समय समयको कुरा हो यो । सेनामा हुँदा हामीले आफ्नै पैसाले किनेर ब्यारेक भित्रै मदिरा पिउन पाइन्थ्यो । त्यो बेला हामी त कोदोको रक्सी पिउँथ्यौं । कर्णेलहरुले भोड्का र रम पिउँथे । हामीेले त त्यस्ता कहाँ पाउनु ? हामी कोदोको लोकल रक्सी पिउथ्यौं । ’

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…