सादा पोशाकमा प्रहरीको एम्बुस थापेका छौं : डीआईजी रिजाल

दशैं, तिहार, छैठ लगायतका चाडपर्व नजिकिंदै जाँदा प्रदेश १ मा सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै ठाउँमा प्रहरी ‘मुभमेन्ट’ बढाइएको छ । चाडपर्व सुरक्षा र प्रदेशमा प्रहरी उपस्थितीको सेरोफेरोमा रहेर प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालसंग पूर्वेली न्यूजले गरेको कुराकानीको सम्पादित अंश ।

प्रदेश नं. १ को चाडपर्व लक्षित सुरक्षा व्यस्था कस्तो बनाउनु भएको छ ?

हामीले १ नं. प्रदेश अन्र्तगतका १४ वटै जिल्लामा यो दसै, शुभ दिपावली, छठ, इद, उद्यौली यी सम्पूर्ण पर्वहरुमा आदरणीय जनसमुदायहरुले हर्षोउल्लासका साथ यी पर्वहरु चाँही मनाउनका लागि हामीले सुरक्षा व्यवस्था सुधृढ र प्रभावकारी बनाएका छौं । हामीले विगत बर्षहरुको घटनाको अध्ययन, मूल्यांकन र अहिलेको सुरक्षा चनौतिहरुलाई विश्लेषण गरेर रणनीतिक योजनाहरु तर्जुमा गरेर त्यही अनुशार मातहतमा रहेका १४ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिए बमोजिम १४ वटै जिल्ला प्रहरी कार्यालयहरुले त्यो रणनीतिक सुरक्षा कार्य योजना बमोजिम आ–आफ्नो जिल्लाको सुरक्षा योजना बनाएर परिचालित भएको अवस्था छ ।

बढी भिडभाड हुने स्थान तथा वित्तिय क्षेत्रको सुरक्षा कस्तो अपनाईएको छ ?

हामीले मठ मन्दिरहरु जहाँ धर्मावलम्विहरुको बढी भीड लाग्ने गर्दछ ति मन्दिरहरुको सुरक्षा व्यवस्थापन, त्यहाँको व्यवस्थापन पक्षहरुसँग समन्वय गरेर लाईने मिलाउने, सुरक्षा व्यवस्थापन मिलाउने , त्यहाँ पकेट मारि हुने सिक्री थुतेर लुटपाट गर्ने यस्ता घटनाहरु विगतमा पनि भएको र यस्ता घटनाहरु हुन सक्छ भनेर सादा पोशाकमा पनि प्रहरी परिचालन गरेका छौं र युनिर्फका प्रहरीहरु पनि परिचालन गरेर मठ मन्दिरहरुको सुरक्षा व्यवस्थापन गरेका छौं । त्यसैगरि दसैंको समयमा वजारमा बढी भीडभाड हुने, लत्ता कपडा किन्ने, खाध्यान्न किन्ने र दैनिक उपभोग्य बस्तुहरु किन्ने बढी भीडभाड पनि देखिएको छ । त्यस्ता स्थानमा विभिन्न घटनाहरु हुन सक्छन् भनेर आँकलन गरेर त्यो अनुशार सादा पोशाकका प्रहरीहरु प्नि परिचालन गरेका छौं ।

पैदल गस्ती, साईकल गस्ती, पिकेट, यस्ता चाँही विभिन्न प्रहरी टोलीहरु परिचालन गरेर र विशेष गरेर सपिङ कम्प्लेक्सहरु, सपिङ मलहरु बढी भीडभाड हुने वजार क्षेत्रहरुलाई फोकस गरेर १४ वटै जिल्लाहरुमा करिव एक सयवटा पैदल गस्तीहरुको व्यवस्था गरेका छौं । त्यसका अलवा बैंक तथा वित्तिय संस्थाहरु, आर्थिक कारोवार हुने आईएमई, मनि एक्सचेन्जहरु, सहकारी संस्थाहरु, एटिएम काउण्टर अगाडी अहिले बढी भिडभाड र चहल पहल छ । यस्तामा अपराधिहरुले मौकाको फाईदा लिन सक्छन भनेर हामीले बैंक, वित्तिय संंस्थाहरु, सहकारी, आईएमई र एटीएम त्यस्ता स्थानहरुमा सादा पोशाकमा एम्वुसको हिसावले अपराधि गतिविधि गर्न सक्ने व्यक्तिहरुको पहिचान गरेर तिनीहरुलाई ठाउँको ठाउँ पक्राउ गर्न सादा पोशाकमा एम्वुसहरु पनि राखेका छौं । एक दुई स्थानमा त्यस्ता व्यक्तिहरु प्क्राउ पनि गरिसकेका छौं ।

तिनीहरुलाई हामीले पक्राउ गरेर सोध पुछ गर्न अपराध गर्न खोजेको अथवा आँटेको, प्रयास गरेको भन्ने बुझेर हामीले कानुनी दायरामा पनि ल्याएका छौं । बैंक तथा वित्तिय संस्थाहरुको व्यवस्थापन पक्षहरुसँग समन्वय गरेर त्यस्ता बैंक तथा वित्तिय संस्थाहरुमा काम गर्ने सुरक्षा गार्डहरुलाई अनुशिक्षण दिएका छौं । तिनीहरुको सुरक्षा व्यवस्था के छ सिसिटिभीहरुे प्रभावकारी ढंगले काम गरेको छ की छैन, गार्डहरुलाई हामीले दिनुपर्ने टिप्सहरु दिएर बैंक तथा वित्तिय संस्थाहरुको सुरक्षा ब्यवस्थापन सुधृढ बनाएका छौं ।

ग्रामिण भेगहरुको सुरक्षा व्यवस्थाका बारेमा यहाँहरुको योजना के छ ?

चाडबाडका समयमा विदेशमा भएका मान्छेहरुले पैशाहरु रेमिटान्सहरु पठाउने, लाहुर गएको, बैदेशिक रोजगारमा गएकाहरुले घरमा चाँही पैशाहरु लिएर आउने भएकाले आर्थिक कारोवारचाँही बढी हुने गर्दछ । त्यस्तो अवस्थामा चोरी हुने, डकैती हुने लुटपाट हुने अवस्था पनि रहन्छ । त्यस कारण हामीले शहरका साथै हामीले ग्रामिण भेगहरुको सुरक्षा व्यवस्था पनि कडा गर्नका लागि हामीले प्रत्येक प्रहरी इकाईबाट ग्रामिण गस्तीहरु गाउँपालिकाको प्रत्येक वडा, वस्तीहरुमा प्रहरीहरु अनिवार्य रुपमा एक पटक पुग्नै पर्ने ब्यवस्था गरेर ग्रामिण गस्तीहरु समेत मिलाएका छौं ।

यातायातका साधनहरुमा बढी भीडभाड हुने, टिकट कालोवजारी हुने, यात्रुहरु ठगिने जस्ता गतिविधि विगतका बर्षहरुमा भएको हामीले पाएका छौं । यसबारे के सोच्नु भएको छ ?

चाडपर्वका समयमा काठमाण्डौं अथवा विदेशमा रहेका वा स्वदेशका विभिन्न जिल्लामा रहेका सर्वसाधारणहरु आ–आफ्नो घर फर्कने हुँदा यातायातका साधनहरुमा बढी भीडभाड हुने, टिकट कालोवजारी हुने, यात्रुहरु ठगिने, झोलाहरु छुट्ने अथवा यात्रा गर्दा सँगै वसेका ब्यक्तिहरुले विभिन्न खानेकुराहरु खुवाएर वेहोस् बनाएर सामानहरु लुटिलाने यस्ता आपराधिक क्रियाकलापहरु विगतको वर्षहरुमा देखिएको हुनाले हामीले त्यस्ता क्रियाकलापहरुलाई पनि नियन्त्रण गर्नका लागि सार्वजनिक सवारीका साधनहरुमा समेत सादा पोशाकका प्रहरीहरु परिचालन गरेका छौं । जस्ले गर्दा लुटपाट हुने, पटेक मार्ने, ठगीहरु हुने जस्ता गतिविधिहरुलाई पूर्णरुपमा नियन्त्रण गर्न सकिन्छ भन्ने हाम्रो विश्लेषण छ ।

त्यस्तै हामीले यात्रु सहायता कक्ष भनेर १४ वटा जिल्लाका ४८ स्थानमा यात्रु सहायता कक्षहरु राखेका छौं । यात्रुहरुको वढी भीडभाड हुने र सार्वजनिक सवारी चल्ने वस पार्क , वस स्टेण्डहरुमा राखिदिएपछि यात्रुहरुलाई ठगी ग¥यो, कालो वजारी ग¥यो, वढी भाडा बनायो अथवा नक्कल टिकट लियो , टिकट काटेर सिट नबसेर मुडामा बस्नु प¥यो जस्तो हुन्छ भनेर तत्काल त्यहीबाट कारवाही होस् भनेर ४८ स्थानमा यात्रु सहायता कक्ष राखेर काम गरिरहेका छौं । यात्रु सहायता कक्षमा यात्रुहरुलाई गुनासा राखिदिनुभयो भने दोषी उपर हामी कारवाही पनि त्यहीँ थाल्छौं ।

यस्तो अवस्थामा चालकहरुले पनि बढी नाफा कमाउने उद्देश्यले चालकहरुले पनि तीव्र गतिमा सवारीहरु चलाउने, ओभरलोड र धेरै चलाउनुपर्ने कारण यान्त्रीक पक्षहरुपनि कमजोर हुने हुँदा हाईवे र भित्रि सडक खण्डमा समेत आएसीसी अर्थात रोड सेक्युरिटी चेक प्वाईन्ट कन्सेप्टहरु बढी स्थानमा राखेका छौं । त्यस्तै चेकिङ गर्ने, त्यस्तै हाईवे चेकिङहरुलाई पनि बढी प्रभावकारी बनाएर राडार गनहरु, ब्रेथ लाईजर प्रयोग गरेर त्यस्ता दुर्घटनाहरुलाई न्युनीकरण गर्ने र यो चाडपर्वलाई दुर्घटना रहित बनाउने भन्ने हिसावले ट्राफिक प्रहरी र सिभिल पुलिसलाई परिचालन गरेको अवस्था छ ।

चाडपर्वमा मादक पदार्थ सेवन गरेर पनि घटनाहरु हुने गरेका छन नी ?

चाडपर्व भनेपछि मादक पदार्थ सेवन गरेर रमाइलो गर्ने भन्ने प्रवत्ति छ । त्यसले गर्दा आपराधिक क्रियाकलाप र दुर्घटना समेत हुने गरेको छ । आपसमा झैझगडा हुने कर्तव्य ज्यानका घटनाहरु घट्ने , मादक पदार्थ सेवनका कारण जवरजस्ती करणका घटना हुने विगतका ट्रेण्ड छ, त्यसले गर्दा मादक पदार्थ सेवनलाई नियन्त्रण र व्यवस्थित गर्नु पर्छ भनेर मापसे चेकिङको कारवाहीलाई पनि अलि प्रभावकारी बनाएका छौं ।

चोरी नियन्त्रणका लागि प्रदेश प्रहरीले कार्ययोजना बनाएको छ ?

चोरी नियन्त्रणका लागि हामीले विशेष कार्ययोजना बनाएका छौं । विगतमा चोरी कसुरमा कारवाही गरिएकाहरुको निगरानी गर्ने, संभावित चोरहरुको निगरानी गरेर कारवाही गर्ने, चोरीहुने संभावित स्थानहरुमा एम्वुस थाप्नेछौं । चोरी नियन्त्रणका लागि एम्वुस प्रभावकारी हुने हुँदा एम्वुसहरु राखेका कारण हालैका दिनहरुमा ठुलो संख्यामा चोरहरु पक्राउ गरेको अवस्था छ । नागरिक सचेतनाका कारण दुर्घटनामा पनि कमि आएका छौं ।

चोरी, लुटपाट भयो भन्ने रिपोर्ट पनि प्रहरीकहाँ कम आएको छ । म दावाका साथ भन्न चाहन्छु कार्य योजनालाई प्रभावकारी ढंगले कार्यन्वयन गर्ने र प्रहरी पनि त्यही अनुसार लाग्ने र जनसमुदायहरुले पनि अलि सचेतना अपनाईदिने र प्रहरी कार्यमा सहयोग गर्ने हो भने यो चाडपर्व चाँही विना दुर्घटना, यो विगतको तुलनामा दुर्घटना रहित र आपराधिक क्रियाकलाप रहित हिसावले सम्पन्न गर्न सक्छौं भन्ने मलाई पूर्ण विश्वास छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…