बलात्कृत बहिनी
नाम पनि कस्ताे राखेकि , ? अाजकाल फेसबुकका नाम हेर्दा पनि अचम्म लाग्छ । केके राख्नु पर्ने हाे नाम पनि । उसकेा प्राेफाइल तस्वीर पनि अचम्म कै ,थियाे । एउटा अर्धनङ्ग केटि ले बच्चाकाे घाँटी अचटेकाे । फाेटाेले तान्याे । चिनेकाे थिइन त्याे फाेटाेकाे मान्छेलाई । ठाउँ ,काम,उमेर सम्पर्क, केही थिएन ।
रिक्वेस्ट एक्सेप्ट गरिन । तर एक घण्टा पछि मेसेज अायाे हाई नमस्ते ? । मैले प्रश्नवाचक ?? चिन्ह पठाइ दिए । फेरि अायाे उताबाट नमस्ते । काेहि मान्छे मलाइ फ्लाे गरिरहकाे छ सायद । नमस्कार स्टिकर सहित राेमनमा नमस्कार शब्द अाएकाे थियाे । मैले पनि नमस्कार भने ।
हरेक दिन नमस्कार ,अाराम हुनुहुन्छ भनिराख्ने मैले बुढि अाैलाकाे लाइक चिन्ह मात्र पठाउने । खासमा 10/12 दिन यस्तै भयाे । म बाेल्न चाहिन अाफ्नै काम , ब्यस्तताले अरुलाइ खासै चासाे दिने समय थिएन । उसकाे लगातारकाे मेसेजले मलाइ साच्चै उ बारे जान्ने काैतुहलता बढ्याे।
उसकाे फेसबुक प्राेफाइल चाहारे । उसका पाेस्टहरु चिहाए । अासु ,वेदना पीडा र धाेकाका भावले सजिएका त्यि पाेस्टहरुमा उसकाे अबस्था झल्किएकाे थियाे । मलाइ कतै चिन्नु भाकाे छ ? छैन । उताकाे रिप्लाई थियाे । तै पनि हाइ हेलाे गरिराख्नु हुन्छ । मैले वास्तै नगर्दा पनि । ठिक छ सायद हजुर बिजि हाेला । केही छैन ।” उताकाे जवाफ अायाे
तपाईं त राम्राे लेख्नु हुदाे रहेछ। के लेखे ? मैले जवाफ दिए । सबै लेख्नु हुन्छ । उताकाे उत्तर ।कतै अरु कसैकेा मुटुमा त लेखिदिनुभएकाे छैन ? मुटु कहाँ डायरि हाेर लेख्नलाइ । मैले लेखे। यस्तै सामान्य च्याट 10/12 दिनकाे बिचमा हुन्थे ।
तपाईं नढाटि भन्नु केही कुरा साेध्छु । झण्डै 6/7 महिना भाे तपाइसंग यसाे हाइ हलाे भएकाे । तर तपाईकाे नाम ,फाेटाे ,ठाउँ ठेगाना केही भन्नु नि भएन । मैले भने
तपाईं लेखक हाे ।? हाेइन ,कहिले काहीँ लेख्न मन लाग्छ तर रामरी लेख्न अाउदैन ।
महिला बारेकाे लेख हेरे तपाइले लेखेकाे ।धन्यवाद तपाइलाइ ।
मेसेनजरमा कल गराै । हुदैन कल उताकाे स्टिकर सहित अायाे
केही दिन गायब जस्तै भयाे त्याे फेसबुक नाम काे बलात्कृत बहिनी । उसले मलाई अनेकाै शब्द हरुले प्रशंसा गरिरहन्थि । महिलालाइ बुझ्ने पुरुष कम मात्र छन । केटाहरु प्राय उस्तै देखिन्छन उताकाे च्याट थियाे।
म पनि ? मैले साेधे , । दुई तीन मिनेट पछि अायाे उत्तर खै ,के था । लेखाइ र तपाईका क्रियाकलाप हेर्दा तपाईं एउटा असल केटा हाे तर केटाकाे भर त कसैकाे लाग्दैन ।
किन लाग्दैन? मैले साेधे ।
यत्तिकै । तपाइकाे घर कहाँ ?अाफ्नाे घर छैन उताकाे उत्तर अायाे । ह्या अब नभने म बाेल्दिन । मैले भने । अनि तपाईं केटि त हाेनि ? मैले साेधे । हाे .उताकाे उत्तर अायाे । अनि एउटा कुरा साेधम। साेध्नुस। अाठ दस वटै । अप्ठ्यारो लागिरहेछ। तपाईं कुरा गर्नुहुन्छ तर केही बताउनुहुन्न। के बताम उताकाे च्याट थियाे । समय अाउदा सबै बताउला , फेरि अाफ्नाे सबै कुरा अरुलाइ बताउनु पनि त भएन । अाफ्ना दुखेसा र बास्तबिकता अरुलाई भनेर किन हसाउनु
मेराे दाइकाे कल अायाे सि यु मैले टुङ्गाइदिए ।
त्याे दिन देखि झण्डै१0/१२ दिन उ गायब जस्तै भइ ।
तपाईं काे नाम किन बलात्कृत बहिनी भयाे । प्लिज भन्नुस।
मन लागेर राखेकि ।।
मेराे मनमा पनि अनेकाै प्रश्नले जुडाे खेलिरहे ।
म ठिक केटि हाेइन । सरि !ऊताकाे मेसेज अायाे । मैले कहिले बेठिक भनेर ? मान्छे न ठिक हुन्छ , नत बेठिक नै ।समयले र अरुकाे हेराइमा मान्छे बेठिक हाेला तर हरेक मान्छे अाफ्नाे ठाेउमा ठिक हुन्छ । मैले भने, ल अाफ्नाहरुसंग सबै कुरा भन्न हुदैन भन्छन अझै पराए संग भित्रि कुरा खाेल्नुले त अाफ्नाे बेइज्यत हुन्छरे,उताकाे रिप्लाइ अायाे ।
मान्छे नत अाफ्नाे हुन्छ नत पराइ नै ,कसलाइ अाफ्नाे बनाउने र कस्लाइ पराइ बनाउने त्याे अाफ्नाे हातमा हुन्छ मैले भने । समयले अाफ्नालाइ पनि अाफ्नाे हुन दिदाेरहेनछ ।
मेराे कुराले उसमा केही छाप परेकाे हुनुपर्छ । मैले सबै कुरा भन्छु तर तपाइले केही बाचा गर्नुपर्छ ।
मैले कसैलाइ भन्दिन बाचा भाे । तीन चार दिन पछि उसले एउटा लामाे मेसेज लेखेर पठाइ ।
मनकाे बह छाेपेर राख्दा कति ठुलाे पीडा हुन्छ मलाई मात्र थाहा छ । धेरै कुरा देखेरमात्र थाहा नहुने, भाेगे पछि थाहा हुने । जीवन पनि भाेगाइहरुकाे एउटा किताब रहेछ । अरुले देख्ने र समात्ने गरि बाहिर ल्याउन नमिले पनि अाफैले संझनाका पाना पल्टाएर पढ्न मिल्ने रहेछ । बाल्यकालका स्मरणहरु मनमा कति प्रिय बनि टागिएका छन् । तपाइलाइ म दाइ भनेर सम्बाेधन गर्न चाहन्छु तर मलाइ दाइ भन्ने शब्द संग सबैभन्दा बढि घृणा लाग्छ । पुरुष भन्ने शब्दसंग पनि घृणा लाग्छ तर सबै पुरुषलाइ दाेष दिन्न ।
समयले सबैभन्दा प्रिय चिजलाइ नै सबैभन्दा घृणित चिज बनाइदिदाे रहेछ । तर यसमा न शब्दकाे दाेष छ । न मेराे दाेष छ नत कसैकाे । सायद त्याे संयाेग र समयकाे दाेष हाे । मन रंगशाला त हाेईन तर पाच छ बर्ष यता मनमा पीडा बेदना र तिता क्षणहरुले फुटबल खेलिरहेछन,। अाफै भित्रकाे चिच्चाहट सुनाउने काेहि छैन । स्वयम् अाफैले अाफैलाइ सुनाएर कति बाच्नु? पहिलाे पटक मनकाे बह तपाईलाइ सुनाए । त्याे पनि अक्षरहरु मार्फत । तपाइले यति लामाे मेराे गन्थन पढ्न त के गर्नु हुन्छ थाहा छैन तर बिश्वास गर्छु दाइ जि याे पढ्नु हुनेछ र अरुलाई पढाउनु हने छ । तपाईले जसरि लेख्न जान्दिन तर याे खेस्राहरुलाइ तपाइले लेखेर पठाइदिए बल्ल स्वयंम मलाइ पनि चित्त बुझ्थ्याे कि ?
छाेरि भएर जन्मनु अभिसाप हाे , यात हाम्राे समाजकाे साेचकाे दाेष हाे । मलाइ एक पटक छाेरा मान्छे भएर जन्मन मन छ तर बदला लिन हाेईन । असल लाेग्ने मान्छेकाे उदाहरण बन्न तर त्याे इच्छा त याे जन्ममा पूरा हुनै सक्दैन । थाहा छैन अर्काे जन्म लिन सकिन्छ या सकिन्न । निर्दाेष अचानाे बनेर पटक पटक चाेट सहनुकाे पीडा यी शब्दले बाेक्न सक्दैनन् । नत भनेर भन्न नै सकिन्छ । अाखा देखि गाला सम्म पहिरिने त्याे अासुकाे माला उन्न मलाइ कुनै तिहार अाबश्यकता परेकाे छैन ।
जिवनमा जे साेचिदै साेचिन्न त्यहि चिज हुदाे रहेछ । अामा भन्नू हुन्थ्यो भाग्यमा लेखेकाे टारेर टर्दैन । मत कर्ममा बिश्वास गर्थे । याे भाग्यकाे लेखान्त गाेलि मार भन्थे तर अाफैसंग हारिरहेकि छु । थाहा छैन मैले हार्दा कसले जितिरहेकाे छ ?
घरकि कान्छि र प्यारि छाेरि म । नाम पनि दीक्षा(परिवर्तित)सबैकाे लागि म खुसिकाे कारण थिए । तिन भाइ बहिना हामी । सबैकाे प्यारले हाेला म निकै जिद्दीबाल र निडर थिए । मलाइ भनेकाे चिज जसरि पनि चाहिने, बाबाले सधै मेराे छाेराे भनेर बाेलाउनु हुन्थ्याे। मैले छाेरि हु भन्ने नै बिर्सेकि थिए । सबै छाेरिहरु ठुलाे भएपछि पराईकाे घर जानुपर्छ । मैले देखेकाे थिए र जानेकि थिए । सात अाठ कक्षा मै पढ्दा मेरा कैयाै साथिहरुकाे जबरजस्ति बिबाह गरिदिएकाे घटना अाज पनि याद छ ,। ललिता भन्ने मेराे साथी उमेरले अाधा जेठाे केटासंग बिबाह बन्धनमा बाधिइन।
उनी मानेकै थिईनन् तर धनी र शहरमा राम्राे ब्यबस्था भएकाे केटालाई दिए , छाेरिलाई राम्ररी पाल्छ भन्ने उनका बा अामाकाे साेचले जबरजस्त गरे । बिबाहकाे अघिल्लाे दिन ललिता निकै राेएकि थिई ।म मर्छु दीक्षा बरु बिबाह गर्दिन उसले भनेकाे त्याे शब्द अाज पनि म झल्झल्ति सम्झन्छु त्यतिबेला मेराे पनि मन निकै भक्कानिएकाे थियाे । मनमनै भनेकि थिए ,अाखिर छाेरि भनेकाे याे रुढीबादी समाजमा अरुकाे इच्छामा अाफ्ना चाहना जलाएर बाच्ने जात रहेछ । जति अालाप बिलाप गरेपनि अाखिर उसकाे बिबाह गराएरै छाडे। उ अाज पनि उति नै दुखि छे ।
। कसैसंग झुकेर बस्ने बानि नभएर पनि हाेला , स्कुल र कलेजमा पनि ,कैयाै केटासंग म झगडा गर्थे । मलाई जिस्काउन त के ठाडाे अाखाले हेर्न पनि सक्दैनथे केटाहरु। पढाइमा पनि तेज थिए । मलाइ समाजमा महिलामाथि हुने,हिंसा र यातना बारे अभियान थाल्न मन लागेकाे थियाे । दुइ तीन पटक सम्म महिला हिंसा न्युनिकरणकाे तालिम लिन पनि गएकि थिए । भेट्ने जतिलाई सम्झाउथे बुझाउथे र कुनै हिंसा सहेर बस्न हुन्न भन्थे ।सक्षम र अात्मनिर्भर बने कसैकाे तप र डरमा बस्न पर्दैन भन्ने सल्लाह दिन्थे ।
मनमा एक किसिमकाे अात्मबिश्वास थियाे ।त्याे अात्म बिश्वासमा उचाइ र उर्जा थपिदिने मेराे बाबा र दाइ हुनुहुन्थ्यो । भर्खर २१ बर्षमा लागेकि म ब्याच्लर दाेस्राे बर्षमा अध्ययनरत थिए । बजार बसेर पढ्दा रेडियाे पत्रिका तिर पनि महिला अधिकार र महिला हिंसा अन्त्यका सामाग्रि पठाउथे ।
बाबाअामा र परिवार गाउमा हुनुहुन्थ्यो । दादा सरकारि जागिरे बाबाकाे पेन्सन । केही कुराकाे कमि थिएन मलाई । पढेर ठुलाे हुनुपर्छ, । छाेरि पढे समाज घर सबै पढे सरह हाे । बाबाले भन्नू हुन्थ्याे ।
बरालिएर कतै हिड्नु हुन्न , सहि बाटाे हिन्ने ,लब सबकाे चक्कर नचलाउने ,यस्ताे कुरामा ख्याल गर्नु । दाईकेा यहि उर्दि हुन्थ्याे । घर बाहिर मलाइ तिमी निकै असुरक्षित भएकाे महसुस हुन्छ । समयमै काेठामा अाउने । एक्लै नहिड्ने , समय ठिक छैन । यस्ता कुराहरु र उहाहरुले गर्ने केयरले म झन फुरङ्ग हुन्थे ।
बाबा अामा काे साथ र माया थियाे । अभाव थिएन केही । दाइ उमेरले 6/7 बर्ष मात्र जेठाे हुनुहुन्थ्याे ।
बिबाह भएकाे 6/7 महिना पनि भएकाे थिएन । भाउजु गाउँ मै शिक्षिका । परिवार नै शिक्षित र गाउकै उदाहरणिय थियाे हाम्राे घर । अाहा परिवार हाेस त फलानाेकेा जस्ताे ।
गाउमा महिलामाथि कुटपिट, याैनिक हिंसा, छाेरा नपाएकाे,निशान्तानपन , बाेक्सि अाराेपमा मलमुत्र खुवाउने ,बालबिबाह ,छाउपडि, दाइजाेकाे कारण यातना दिने कैयाे घटना देखेकाे थिए । गाउभरिका उदाहरणीय ब्यक्ति मेराे दाइ । नारिकाे सम्मान केहाे हामिले उहाबाट सिक्दा हुन्थ्यो । कति असल श्रीमान पाएकि छे भन्दा भाउजू अाफुलाइ भाग्यमानी ठान्थिन । भाउजू र म पनि निकै मिल्थ्याै ।
एउटा बानि खराब दाईकाे । दाइ कहिले कसाे बेस्करि रक्सि पिउनु हुन्थ्याे । जति रक्सि पिए पनि अरुलाई केही नभन्ने अझै। बढि सजक ।
म बजार मै थिए । मलाई एक्कासी घरमा बाेलाहट भाे । त्यहि दिन साथिहरु पिकनिक जाने कुरा थियाे । म घर जानुपर्ने भाे भन्दा साथिहरु दुखि थिए । बाबा अामा काठमाडौ जानु भएकाे थियाे । घरमा दाइ भाउजू मात्र । भाउजू बाट थाहा भयाे मेराे लागि केटा खाेजिएकाे रहेछ । बाबा संगै केटा मलाइ हेर्न घर अाउन लागेकाेरे । तर मेराे कुरा सबैले बुझ्नुहुन्छ ,अरुले नबुझे पनि दाइले बुझ्नु हुन्छ ।
प्रतिक्रिया