साहित्यिक यात्रामा नायिका सिम्खडा

धरान / नायिका सोभिता सिम्खडाले पहिलो कोसेलीको रुपमा ‘वराङ्गमा यात्रा’ नामक उपन्यास बजारमा ल्याउनु भएको छ । लामो समयदेखि अभिनयमा लागेकी सिम्खडाले पहिलो कोसेलीको रुपमा वराङ्गमा यात्रा ल्याएको बताउनुभएको छ । अभिनयसंगै साहित्यिक क्षेत्रमा समेत सानैदेखि रुचि राख्ने सिम्खडाले सामान्य परिवारका महिलादेखि सम्पन्न परिवारका महिलाहरुलाई लक्षित गरी यो उपन्यास तयार गरेको बताउनुभएको छ ।

यही असोज ५ गते काठमाण्डौमा सार्वजनिक भएको यो उपन्यास बुलबुल पब्लिकेशनले प्रकाशन गरेको हो । प्रेम कथामा आधारित बाहिरी सुन्दरता भन्दा पनि भित्री सुन्दरातले महिलालाई निरारता ल्याउछ भन्ने भाव प्रस्तुत गर्र्दै दलित महिलाले उपल्लो जातिसंग गरेको प्रेम, जीवनमा भोगेका संघर्षका कुरालाई ‘जुनकिरी’ पात्रको माध्यमबाट जस्ताको तस्तै उतार्न खोजिएको लेखिका सिम्खडाको भनाई छ ।

साहित्यिक यात्रालाई निरन्तता दिने सोचले प्रकाशित उपन्यास प्रचारप्रसारमा पूर्व दौडाहामा निस्कनु भएकी सिम्खडाले यो उपन्यास गाउगाउमा पुगेर उनीहरुको वास्तविक जीवनमा भएका कुरालाई उपन्यासमा उतार्न तीन बर्ष लागेको सो अवसरमा बताउनुभयो । अभिनय र साहित्यिक क्षेत्र भिन्दाभिन्दै पाटो भएपनि यसलाई समायोजन गरेर अगाडि बढ्ने समेत उहाले बताउनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित