भान्जाको प्रश्न

बाल जीवन अर्थात बाल्यावस्था निर्वाह गरिरहेका कलिला, साना र अबुझ बालबालिकाहरु घोर अनौठा हुन्छन्। विशेषत्: ती कोपिलाहरुका क्रियाकलाप अनौठा हुन्छन्। अझ् चमत्मृत र रहस्यमय हुन्छन् भनौं वा जादूमय हुन्छन्। वृक्ष अवस्थाका केही पनि गुण आत्मसात नगरेका ती कलिला मुनारुपी अर्थात् आफ्नो शैशवकालमा मनोरञ्जीत लालाबालाहरु ज्ञानशून्य हुन्छन्। यो यथार्थ केवल नभएर सर्वस्वीकृत हो।

वास्तवमा जहाँ भाष्करको आलोक अपुग हुँदो हो र कविको शब्द पनि पुग्न सम्भव नहुँदो हो, त्यहाँ लालाबालाहरुका मनमस्तिष्कका प्रफुल्लित शब्दहरु पुग्दो हो। अर्थात् शब्द खेलाउने क्षमता लेखक र कविहरुका पनि त्यति नहुँदो हो जति शब्द खेलाउने र कल्पनापुरमा शब्द भण्डारण गर्ने क्षमता बालबालिकाहरुका हुन्छन्। बस्, फरक यति हुँदो हो , लेखक र कविहरु ती शब्दलाई उतार्न सक्छन् यद्यपि स-साना कलिला मुनारुपी ती लालाबालाहरु शब्दलाई लेखक र कविहरुझैँ उतार्न असम्भव हुन्छन्।बस्, यो सब प्रकृतिको अप्रम्पार लीला हो।

एकदिन म साहित्यकार भीमनिधि तिवारीको “घरको माया” एकाङ्की/नाटक पढिरहेको थिएँ। हुन त त्यो क्षण गर्मीको एक महिने विदा थियो। विदाको बखत् साहित्यिक विधाका कृति एवम् पुस्तकहरु पढ्न अर्थात् कथा, कविता, एवम् उपन्यास-आख्यानका साहित्यिकलोकमा पुग्न मलाई अगाध कौतूहलता लाग्छ र त्यसै गरिरहेको थिएँ विदामा। विविध साहित्यिक कृतिहरु पढ्ने क्रम जारी थियो , मेरो निजी साहित्यिक हाइवेमा।

बिकेश कविन

म आफ्नु साहित्यिक कृतिहरु पढ्दा मलाई मेरो भान्जाले देखिरहको हुन्थ्यो। भान्जा पाँच वर्षको थियो । अबुझ् थियो। मन्द थियो ।अर्थात् ज्ञानशून्य थियो। पाँच वर्षको नानीलाई के थाहा, मैले पढिरहेका साहित्यिक कृतिहरुका गहिराइ र घोर रहस्य । ऊ ट्वाल्ल परेर मलाई एकनजरले देखिरहेको थियो। ऊ पनि आफ्नु विदा भएपश्चात् मामाघर आएको थियो। एकदिन म कृति पढिरहेको थिएँ। अझ् भनौँ, साहित्यिक सागरमा पौडी खेलिरहेको थिएँ। भान्जो सुटुक्क आइपुग्यो मेरोसमक्ष। एक्कासी प्रकट भयो मेरो समक्ष। अघिनै भने, म भीमनिधिको कृति पढिरहेको थिएँ।

लगभग, दस मिनेट जति मेरोआगु बसेपछि भान्जाले एउटा अचम्मित प्रश्न सोध्यो। उसले सोध्यो,” मामा श्री, म हजूरलाई सदा पढिरहेको देख्छु । मभन्दा पनि बहुत किताबी संसारमा हजूरलाई पसेको देख्छु। यद्यपि हजूरलाई कदापि म स्कूल गएको देख्दिनँ। हजूरका सर र मेमले कति धेरै पढ्न दिनुभएको हँ??? ” भान्जाको आश्चर्चयुक्त प्रश्न सुनेर मेरो अनुहार मुस्कुरायो। गहिरिएर पढिरहेको मनमस्तिष्क पनि भान्जाको प्रश्न सुनेर एकक्षण अनियन्त्रित भयो। अब मेरो दिमाग पनि भान्जोकै प्रश्नमा गएर अडियो। म त भान्जोको प्रश्न सुनेर तीन छक्क परें। एउटा अबुझ् बालकले यसरी सिधै प्रश्न गर्नु कुनै सामान्य कुरो होइन र उसले खोजेको उत्तरपनि उसको दिमागबाहिरको कुरा हो । त्यसैले मैले उसको प्रश्नको उत्तर फर्काउन सकिनँ।

सायद, यसरी प्रश्न सोध्ने सामर्थ्य कुनै कवि र लेखकमा पनि नहोला। यद्यपि भान्जोले कसोरी सोच्यो होला यस्तो प्रश्न। म त उत्तरविहीन भएँ। अर्थात् म भान्जोको प्रश्नको उत्तर दिन असमर्थ भएँ।
जय होस् बालमस्तिष्क !!!
जय होस् लालाबाला !!!

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित