न्युरोसर्जन डा.यमबहादुर रोका भन्छन : बिरामी निको भएर घर फर्किदा असाध्यै खुसी लाग्छ

न्युरोसर्जन डा.यमबहादुर रोकाको नाम नसुन्ने सायद बिरलै होलान । सन २००९ देखि बिराटनगरमा रहेको न्युरो अस्पतालमा रही हालसम्म ४ हजार बढी सफल शल्यक्रिया गरेका उनी दक्षिण एशियामै प्रसिद्ध रहेका छन । बाग्लुङ जिल्लाको वलेवामा जन्मिएर सानै उमेरमा आफना जागिरे बुबासँग भारत प्रबेश गरेका उनले प्रारम्भिक शिक्षा त्यही आर्जन गरे । त्यसपछि उनले सिंगापुर लगायत आधादर्जन बढी देशहरुमा पुगेर डाक्टरको पढाई पुरा गरे । सन २०१८ मा सिंगापुरमा आयोजित आईकन अफ हेल्थ केयर अवार्ड बाट सम्मानित उनले दर्जनौ अवार्डहरु हात पारेका छन ।

पढाई पुरा गरेपछि शूरुमा काठमाण्डौमा पुगेका उनलाई ग्रामिण क्षेत्रमा पुगेर सेवा गर्ने रहर लाग्यो । त्यसपछि उनी धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सन २००० मा प्रबेश गरेका थिए । त्याँहा ९ बर्ष सेवा गरेर उनी बिराटनगर प्रबेश गरेका हुन । बिराटनगर आएपछि उनले निरन्तर न्यरो हस्पिटलमा रहेर सेवा गरिरहेका छन ।

कसरी शुरु भयो यहाँको स्वास्थ्य क्षेत्रको यात्रा ?

म बाग्लुङमा जन्मिए,सानैमा लाहुरे बुबा सँगै भारत गएँ,त्यहि अध्यायन गरेँ,मलाई स्वास्थ्य क्षेत्र पढेर सेवा गर्ने सानैदेखि मन थियो । सोही अनुरुप पढँदै गएँ र पढाई पुरा गरेर आफनै देश नेपाल फर्किएको हुँ ।

भारतमा पढनुभयो, पछि सिंगापुर लगायतका देशमा पढनुभयो फेरी नेपाल किन फर्किनुभयो ?

म जहाँ पढेपनि नेपालको माया छातिभरी थियो,गरिब र दिनदुखीको सेवा गर्छु भन्ने सानैदेखिको सोच हो सोही अनुरुप नेपाल फर्किए । त्यसपछि त्यस्तो ठाँउ खोजी गर्ने क्रममा धरान आएँ र अझै बृहत सोचका साथ बिराटनगर आएको हुँ ।

तपाईलाई बिरामीले भेटन गाहे छ अनि तपाईको शुल्क पनि महंगो छ भनिन्छ नी ?

म २४ सै घण्टा बिरामीको सेवामा हुन्छु । मलाई फुर्सद कम हुन्छ । म उहाँहरुकै सामुन्ने हुन्छु मलाई भेटन कुनै गाहे छैन । धेरैजसो म अप्रेसनमा ब्यस्त हुने भएका कारण सोही समय त्यस्तो हुनसक्छ । अर्को कुरा यो न्युरो सम्बन्धि सबै प्रबिधिहरु महंगो नै हुन्छ । मैले महंगो शुल्क लिएको भन्दा पनि बिशेष गरी नशा र हड्डी सम्बन्धीका प्रबिधि नै महंगो हुन्छ ।

अहिले सम्म कति शल्यक्रिया गर्नुभयो ?

ठयाक्कै गन्न गाह्रो होला तरपनि ४ हजार बढी सफल शल्यक्रिया गरेको छु ।

पछिल्लो समय तपाईले उपचारमा लापरबाही गर्न थाल्नुभयो भन्ने छ नी ?

यो गलत कुरा हो । मलाई लाग्दैन मैले बिरामीको उपचारमा लापरबाही गरेको छु । मैले अहिले सम्म थाहा पाएको छैन । हुनसक्छ कुनैबेला धेरै किसिमका रोगहरु लागेका बिरामी आउनुहुन्छ । उहाँको उपचार गरिन्छ तर उहाँको अर्को रोगका कारण मृत्यु हुन्छ । सम्भवत मैले उपचार गरेका बिरामीको मेरो गलत उपचारका कारण मृत्यु भएको मलाई थाहा छैन ।

यति लामो समयको अबधिमा कुनै सम्झनलायक क्षणहरु छन ?

धेरै छन,जब मैले बिरामीको उपचार गर्छु,उहाँहरु निको भएर खुसीसाथ घर फर्कनुहुन्छ,त्यो बेला असाध्यै खुसी लाग्छ,कतिसम्म भने म कतै टाढाको यात्रामा जान्का लागी एअरपोर्ट पुगेर पनि बिरामीको उपचारका लागी धेरैपटक फर्किएको छु ।

कहिलेकाँही लाग्दैन,बेकारमा यो पेशा रोजेछु ?

पटक्कै लाग्दैन,मलाई पेशाले सन्तुष्टि दिएको छ । कहिलेकाँही फुर्सद भयो भने सबै घरपरिवारलाई समय दिन नसक्दा खल्लो महशुस हुन्छ,तरपनि मेरो श्रीमती एकदमै बुझने र मलाई सपोर्ट गर्ने भएका कारण म एकदमै खुसी छु ।

विवाह कहिले गर्नुभयो ?

बिवाह मैले सन २००१ मा गरेको हुँ ।

प्रेमविवाह की मागी बिवाह ?

मागी बिवाह

बिवाहपछि र अघिको जिवन ?

बिवाह अघि पढनमै ध्यान दिईयो । तरपनि एउटा कुरा मनमा खेलरहन्थ्यो म नेपाल नै फर्किन्छु । नेपालमै बिवाह गर्छु अनि नेपालमै सेवा गर्छु । यो मेरो सपना पुरा भयो सोचेजस्तै भयो । यहि क्षेत्रमा कार्यरत श्रीमती पनि पाएँ । उनको साथ र सहयोगका कारण म आज यहाँ छु । त्यसैले म एकदम सन्तुष्ट र खुसी पनि छु ।

तपाईको जन्मस्थान र दुर्गम क्षेत्रहरु जुन ठाँउका लागी केही सोच्नुभएको छ ?

धेरै सोचेको छु । मेरो बुवाले पनि सो क्षेत्रमा धेरै समाजसेवा गर्नुभएको छ । मैले पनि हरेक पटक त्याँहा पुग्दा औषधीहरु लिएर जान्छु,त्यस क्षेत्रका स्वास्थ्यका बारेमा चिन्तित छु । आगामी दिनमा पनि सो क्षेत्र र दुर्गम क्षेत्रका लागी धेरै काम गर्ने सोच रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…