‘पैसाको खेती’ पुस्तकको विमोचन

पाल्पा / नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय नगरी विदेशमा पैसा कमाउन रमाउने प्रवृत्ति गलत भएको बताउनुभएको छ । सुमन ढकाल र प्रकाश कोइरालाद्वारा लिखित ‘पैसाको खेती’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै गभर्नर नेपालले नेपाली युवाले स्वदेशमै कामको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वदेशमा रोजगार र स्वरोजगारका सम्भावना रहे पनि स्वदेशमा काम गर्न नरुचाउने प्रवृत्तिका कारण बेरोजगार समस्या बढेको बताउँदै उहाँले विदेशमा गएर दुःख गर्ने बानी नेपाली युवामा नहटेसम्म नेपाल समृद्ध हुन नसक्ने तर्क गर्नुभयो । उहाँले बालबालिकामा सानै उमेरदेखि पैसाको महत्वसम्बन्धी ज्ञान हुनुपर्ने बताउनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित