मेयर भन्छन् : उपमहानगर पूर्वाग्रही छैन, सडक बिस्तार ८२ नै कायम हुन्छ (कुराकानी)

इटहरी । इटहरी उपमहानगरपालिकाले पूर्व–पश्चिम राजमार्गमा पर्ने आफ्नो सडकलाई फराकिलो बनाउने अभियान द्रुत गतिमा अघि बढाइरहेको छ । भदौ २० देखि सुन्दरहरैचा नगरपालिकाको सिमा बुढी खोलादेखि शुरु गरिएको अभियान अहिले पश्चिम कलंकी चौकसम्म पुगेको छ । ६ दिन यता सडक अतिक्रमण गरि बनाइएका पेटी, टहरा, पर्खाल आदी जस्ता भौतिक संरचना डोजर लगाएर भत्काइएको छ भने सडक आसपास थुपारिएका निर्माण सामाग्री, ग्यारेज तथा घुम्ती पसलहरु समेत हटाइएको छ ।

बुढी खोलादेखि कंलकीसम्म यो अभियान चल्दा इटहरीका धेरैले उपमहानगरको प्रशंसा समेत गरेका छन् । उपमहानगरको यस अभियानले इटहरीको सौन्दर्यता बढ्नुको साथै सडक फराकिलो बनेको इटहरीवासीको बुझाई छ । तर यसको कार्यन्वय कतिको हुने हो भन्ने शंका पनि गर्ने गरेका छन् । किनभने उपमहानगरले यस अघि ल्याइएको धेरै अभियान बिच बाटोमै अड्किए छन् ।

उपमहानगरका मेयर द्धवारिकलाल चौधरीले शुरुवाती चरणमा ऐलनी जग्गाको संरक्षण गर्ने देखि खोला–नाला अतिक्रमण हटाउने अभियानको बिच बाटोमै ब्रेक लाग्यो । अहिले भने सडक फराकिलो बनाउने अभियानले कतिको पूर्णता पाउने हो त भन्ने इटहरीवासीको जिज्ञासालाई पूर्वेली न्यूजसँग मेयर द्धवारिकलाल चौधरीले यसरी मेटाए ।

सडक फराकिलो बनाउने अभियान कहाँसम्म पुग्यो ?

२० गते बुढी खोलादेखि शुरुवात भएको अभियान अहिले पश्चिम ट्राफिक प्रहरी कार्यालय पुगेको छ । पश्चिम रामधुनि नगरपालिकाको सिमाना जाल्पा पेट्रोलसम्म अभियान चल्नेछ । त्यस पछि हामी कोशी राजमार्गको दुहबी सिमाना र धरान सिमानासम्म पनि अभियान चल्ने छ ।

सडक फराकिलो बनाउन किन आवश्यक ?

अनाधिकृत ठंगले सडक क्षेत्र मिचेर व्यक्तिहरुले संरचना बनाएका हुन । सडक अधिकारी क्षेत्र २५ मिटर र ६ मिटर सेडब्याक भनिएको छ । उपमहानगरले यो अभियान नथाल्दा सडक आवगमनमा समस्या, पार्किङ अभाव, घर अगाडीको भाग सडक पेटी भन्दा अग्लो बनाउदा शहर नै कुरुप बनेपछि अभियान थाल्न अति आवश्यक देखिएको हो । मुलत सडक सौन्दर्य कायम राख्न सडक अधिकार क्षेत्र भित्रको अतिक्रमण क्लियर गर्न खोजेका हौ ।

कहिलेसम्म इटहरीका सडक पूर्ण रुपमा फराकिलो देख्न सक्छौ ?

मंगलबार सम्म ६ दिन बित्यो । काम द्रुत गतिमा बढिरहेको छ । हामीले १० दिन भित्र सक्छौ भनेका थियौ सडक अतिक्रमण धेरै भएकाले भत्काउदै गर्दा १५ दिन लाग्न सक्छ । सडक अतिक्रमण ऐन भन्दा हामी सबैको सहमतिमा सडक क्लियर गदैछौ ।

सडक अतिक्रमण ऐनमा के छ ?

ऐनमा सडक अतिक्रमण जसले गरेमा उसैबाट त्यसको जरिमाना उठाउने र कारबार्ही गर्ने अधिकार छ । तर हामी निर्वाचित जनप्रतिनिधी हौ, पहिलो चरणमा ७ दिने सुचना जारी गरयौ त्यसपछि अभियान शुरु गरेका थियौ । बिचमा धेरैले अटेर गरिरहेका छन् उनिहरुलाई हामीले सम्झाएका छौ । यदी नमाने डबल जरिमाना पनि उठाउछौ र कारबार्ही पनि । हामीले सडक डिभिजनको काम गरिरहेका छौ, वास्तवमा यो काम उनिहरुले गर्ने हो । जनतालाई असर नपर्ने गरि हामीले उपमहानगरकै खर्चमा काम गरेका हौ । ऐनमा कसैले सडक अतिक्रमण गरि संरचना बनाएर ५ देखि ६ लाखसम्म जरिमाना लिने प्राबधान छ ।

इटहरी उपमहानगरपालिकाले थालेको काम बिचमै ब्रेक लाग्ने गर्छ । ऐलनी जग्गा संरक्षणदेखि खोला नाला अतिक्रमण हटाउने कामको निरन्तर्ता नहुदा तपाईमाथि शंका गर्न थालेका छन् । यो अभियान पनि बिचमै अड्किने त हैन ?

शंका गर्नु काम गरेन भनेर आरोप लगाउनु सामान्य कुरा हो । हामीले गरेको काम परिपक्क हुनु पर्यो । बिधि र कानुन संम्बत हुनुपर्यो । यसको लागी बृहत इटहरीको सहमति निर्माण पनि गर्नुपर्छ । हामीले काम गर्दा अनावश्यक कुनै व्यक्तिको क्षति नहोस भन्ने ध्यान दिनुपर्छ । इटहरीको बिकास निर्माणमा उपमहानगरपालिका सदैव दृठ संकल्प छ । हामीले अहिले गरेको काम १० बर्ष अघिदेखि नै थालनि भएको थियो । यसको निरन्तर्ता भएको हो, हामी अनुगमन पनि गर्नेछौ । यो अभियान काहीकतै रोकिनेवाला छैन ।

सडक फराकिलो बनाउदा ‘पावर’ प्रयोग गर्नेहरुको संरचना भत्किएन पनि भन्छन् ?

अहिले हामीले अस्थाई संरचना मात्र भत्काउन थालेका छौ । सडक अतिक्रमणमा ठुलाठुला भौतिक संरचना पछि छन् । त्यो काम सडकले गरोस भन्ने हो । हामीले पूर्वाग्रही नराखि काम गरिरहेका छौ । केही व्यवसायीहरु डेलिगेसन पनि आउनु भएको थियो । उपमहानगरपालिकाले कसैको अनुहार हेरेको छैन । कसैको डोजर नै प्रयोग गर्दा थप क्षति हुने भएका ठाँउमा हामीले छोटो समय दिएका हौ । कागज भरपाई गरेर नै समय दिएका छौ ।

६ लेनको सडक बिस्तार इटहरीमा आएर अड्कियो । उपमहानगरपालिकाले ५५ फिट कायम गर्नुपर्छ भन्ने बिषयको बिरोध पनि भयो । अब ५५ कि साडे ८२ फिट काट्ने हो इटहरी ?

इटहरी उपमहानगरले ५५ कायम गर्नुपर्छ भन्ने कुरा गलत प्रचार हो । प्रमुख भएको नाताले यो कुरामा आधिकारिक्ता छैन । हामीले रानी–धरान लोकमार्गको प्रमुखसँग छलफल गरिरहेका छौ । ६ लेन निर्माणको काम अब शुरु हुदै पनि छ । यो बिषयमा इटहरी मुख्य चौकका व्यवसायीहरु आएर ५५ फिट बढी काट्ने हो भने, क्षतिपूर्तीको माग गरिएको थियो । यसमा इटहरी उपमहानगरपालिकाले आएका मागको ध्यानाकर्षण मात्र गरेको हो । पछि त यसलाई डिजाईन गरेर हामीलाई गलत बनाइयो ।

भनेपछि साडे ८२ नै क्लियर हुन्छ अब ?

अहिले ८२ नै कायम हुन्छ । त्यसको लागी उपमहानगर अबरोध हुनेछैन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…