धरानमा भाषिक कविता गोष्ठी सम्पन्न

धरान / धरानमा रहेका भाषा, संस्कृतिलाइ जिवन्तता राख्न धरान उपमानगरपालिकाले गठन गरको धरान प्रज्ञा प्रतिष्ठानले धरानमा वहुभाषिक कविता गोष्ठीको आयोजना गरेको छ । धरान ८ रत्न इन होटलमा गरिएको गोष्ठीमा नेवार, लिम्बु, याख्खा, तामाङ्ग, वान्तवा, सुनुवार, शेर्पा लगायतका १९ वटा जातिको कविता वाचन गरिएको थियो ।

वहुभाषिक मुलुकमा सबै जातजातिको भाषा समान हुन् र् यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको धरान प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गोपाल देवानले बताउनुभयो । कविहरुले वाचन गरिएका कविताले शहरी रहनसहन र आधुनिक युगसंगै युवा पुस्ताले आफ्नो भाषा र संस्कृतिलाई विर्सदै गएको प्रति इंगित गर्दै आफ्नो भाषा र सस्कृतिको जगेर्ना गर्नुपर्ने कुरामा जाृेड दिएका थिए ।

कार्यक्रममा धरानमा रहेका विभिन्न जातजातिको सोचेजस्तो उपस्थिति नभएको प्रति आयोजकले केही गुनासो भने पोखेका थिए । प्रतियोगितात्मक गोष्ठी नभए पनि वाचन गरिएका ५ कवितालाई उत्कृष्ट कविता घोषणा गर्दै घोषणा भएका कवितालाई ५÷५ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा निर्णायकको भूमिका धरानका अग्रज पत्रकार हर्ष सुब्बा, पत्रकार प्रदीप मेन्याङ्गबो र साहित्यकार वम देवान रहनु भएको थियो ।

सो अवसरमा बोल्दै बोल्दै निर्णायक मण्डलमध्येका साहित्यकार वम देवानले भाषा र साहित्यमा कहिल्यै प्रतिष्पर्धा नहुने बताउनु भएको थियो । करिब डेड बर्ष अगाड गठन भएको प्रतिष्ठानले यस भन्दा अगाडि विभिन्न सचेतनात्मक नाटक सहित विविध कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित