प्रदेश १ को सरकार ल्याङग्रे भयो : राजीव कोइराला (भिडियो कुराकानी )

सुनसरी । प्रदेश १ को सरकार ल्याङग्रे र सुस्त भएको प्रदेश १ का सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता राजीव कोइरालाले आरोप लगाएका छन । सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सँग कुराकानी गर्दै उनले प्रदेश सरकार सुस्त भएको, कुनै पनि काममा तदारुकता नदेखाएको र सभा अस्तब्यस्त रहेको उनले आरोप लगाए । प्रदेशसभामा सहभागी दलहरुको छुट्टै कोठा समेत नभएको र सांसदहरु आफनो दुनो सोझयाउने काममा मात्र लागेको उनको भनाई छ ।

प्रदेशको स्थायी राजधानी र नामांकनको बिषयमा काँग्रेस पर्ख र हेर को अबस्थामा रहेको उनले खुलाए । बहुमत प्राप्त पार्टीले ल्याएको नाममा चित्त बुझे स्वीकार गर्न सकिने र नबुझे छलफल गर्ने तयारी भएपनि ९ महिना बित्दा समेत यो बिषयमा छलफल नहुनु र टुंगोमा नपुग्नु दुःखद भएको उनले बताए ।
प्रदेशमा प्रतिपक्षीको भुमिका कमजोर भयो की ? भन्ने प्रश्नमा केही हदसम्म आरोप सहि भएपनि चुप लागेर नबसेको तर मिडियामा आफुहरु बोलेको कुरा चाँहि सार्बजनिक नभएको उनले गुनासो गरे । प्रदेशको राजधानी र नामका बिषयमा सांसदहरु बिभाजित भएको र काँग्रेस यो बिषयमा छलफल नगरी नबोल्ने समेत उनले बताए ।

नेपाली काँग्रेसका सुनसरी जिल्ला सभापति समेत रहेका कोइरालाले बहुमत सांसद बिराटनगर राजधानी बनाउनुपर्ने पक्षमा रहेका कारण बिराटनगर राजधानी हुने संकेत गरेपनि उनले सो बिषयमा खुलेर भन्न नमिल्ने बताए । सरकार जुन गतिमा अगाडी बढनुपर्ने थियो,त्यो हुन नसकेको भन्दै उनले सरकार सुस्त भएका कारण जनतामा निराशा छाएको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…