पैसा तिरेर् मानिसको मृत्यु किन्दै सरकार !

मृत्युको बदला रुपैया घटना सामसुम पार्ने प्रचलन पछिल्लो सयम फस्टाएको छ । बिभिन्न आन्दोलन देखि लिएर हरेक समयमा मारिएका मानिसहरुलाई शहिद घोषणा गर्ने र रुपैया दिएर थामथुम पार्ने संस्कारको बिकास भएको छ । के मृत्यु लाई अनि उसको योगदानलाई रुपैया,पैसा ले किन्न सकिएला ? यो गम्भिर प्रश्न बन्दै गएको छ ।

देशमा भएका बिभिन्न आन्दोलन देखि सडकमा दुर्घटनामा मारिएका र सरकारी पक्षको गोली लागेर मारिएका समेत सबैलाई शहिद घोषणा गर्दै,रकम दिएर उनको परिवारलाई थुम्थुमाउने कार्य भईरहेको छ । मानिसको मृत्यु यति सहज बन्यो कि उसको मृत्यु तुरुन्तै रुपैया पैसाले खरिद गर्न सक्ने अबस्था छ । सडकमा दुर्घटनाा परेमा पाँच लाख,कुनै आन्दोलन या बिद्रोहमा सरकारी पक्षको गोली लागेर मृत्यु भएमा १० लाख रुपैया दिएर उसको मृत्यु किन्ने गज्जबको काईदाको बिकास भएको छ ।

के एउटा नागरिकले हरेक आन्दोलन र बिरोधमा कार्यक्रममा बगाएको रगत र चढाएको मृत्यु यहि राहतका लागी हो त ? उस्को कुने योगदान नै छैन त ? कि मृत्यु सहज भएर उसको रहर हो त ? यी प्रश्नहरुको जवाफ अनुत्तरित छन । तरपनि हत्याको श्रृंखला जारी नै छ । पछिल्लो उदाहरण सरकारले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई १० लाख रुपैया राहत उपलब्ध गराउने निर्णयले पनि यहि पुष्टि गर्छ ।

मन्त्रिपरिषद् बैठकले हत्या भएकी कंचनपुर भीमदत्त नगरपालिका २ कि निर्मला पन्तको परिवारलाई राहतस्वरूप १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी सरकारले सोही घटनाको विरोध तथा दोषीलाई कारवाहीको माग गर्दे शुक्रबार भएको प्रर्दशनमा प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनाका परिवारलाई पनि १० लाख रुपैया राहत उपलब्ध गराउने भएको छ ।

घटनाको निन्दा एवं भत्र्सना गर्दै सरकारले सोही घटनालाई लिएर भएको प्रर्दशनका क्रममा घाईते भएकाको निःशुल्क उपचार व्यवस्था मिलाउनुको साथै अंगभंग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । घटनालगत्तै गृहमन्त्रालयबाट गठन गरिएको उच्चस्तरीय छानबिन समितिलाई छिटोभन्दा छिटो घटनाको सत्य तथ्य पत्ता लगाई दोषीउपर कडा कारवाहीको सिफारिस गर्न र यसरी सिफारिस गर्दा समिति गठन भइसकेपछि भएका घटनालाई समेत समावेश गर्ने अधिकार दिइएको ।

घटनालाई साम्य पार्नका लागी तत्काल अपनाईएको यो बिधि सकरात्मक भएपनि दिर्घकालीन समस्याको समाधान यो हुँदै होईन । मान्छेको हत्या त्यति सहज हुनै सक्दैन । सबै आन्दोलन र बिरोध कार्यक्रममा ज्यान गुमाएका र बलात्कार लगायत बिभिन्न घटनामा हत्या गरिएकाहरुका लागी यो न्याय हुन सक्दैन । तसर्थ यस्ता बिषयमा सरकार लगायत सम्बन्धित पक्ष गम्भिर हुने बेला भएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित