बलात्कार

नेपालमा छोरी हुनु भनेको आमा, बाबा, दाइ लाई चिन्ताको विषय भएको छ। छोरी भएपछि घर बाहिर एक्लै कहिल्यै हिँड्न नमिल्ने, सूर्य अस्ताउन भन्दा अगाडि घर आउनु पर्ने, लुगा विचार पुर्याएर लगाउनु पर्ने, प्रत्येक पाइलामा सतर्क रहनु पर्ने।

प्रजातन्त्रमा बराबर अधिकार भनिए पनि छोरा जस्तै स्वतन्त्र हुने हक डर र त्रासले उनी हरू वञ्चित छन्। राजतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्र सम्म आई पुग्दा विगत १० वर्षमा बलात्कार २५६ प्रतिशतले बढेको छ। आज हरेक दिन ४ वटा बलात्कार केस दर्ता हुन्छ । दर्ता नभएका केस हरू त अनगिन्ती छन्। बलात्कार बाहेक यौन उत्पीडित, यौन दुर्व्यवहार को त कुनै लेखा जोखा नै छैन। विगत ७ वर्षमा झन्डै ७००० बलात्कार केस दर्ता भए। यिनै केस दर्ता भई रहँदा नेपालका सबै राजनैतिक दल हरू एक आपस मा मिलेर पालै पालो सरकार चलाए।

सरकार चलाउनेले चलाएकै छ, मानव अधिकारवादी हरू कुरलेकै छन्, महिला हकहितको लागि जुलुस निस्केकै छ, पाँच तारे होटेलमा समस्याको समाधान खोजीएकैछ, तै पनि बलात्कार र महिला हिंसा भने घटेको छैन । बलात्कार एउटा सामाजिक मुद्दा हो यसलाई राजनीतिकरण गर्ने होइन तर दुर्भाग्य आज बलात्कार एक राजनीतिक उपकरण बन्दै छ। बलात्कार केवल महिला मात्रको मुद्दा होइन यो एउटा सामाजिक समस्या भएकोले यसको लागी सामाजिक समाधान खोज्नु पर्छ। दण्ड दिनु मात्र समस्याको समाधान होइन। जब सम्म महिला प्रति हेर्ने दृष्टिकोण र लैंगिक संवेदनशीलता बारे जनमानसमा शिक्षा दिईदैन तब सम्म यो समस्या निवारण हुँदैन ।

लेखक
दिपक राज जोशी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित