फेरी टीकापुर काण्ड नदोहोरियोस कञ्चनपुरमा !

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा बिगत ३ सातादेखि आन्दोलन जारी छ । बिहिबार मात्र प्रहरी र प्रर्दशनकारी बिच झडप हुँदा दुई प्रहरीसहित दर्जनौ ब्यत्ति घाइते भएका छन ।

आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । घाइते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया रहेका छन। बायाँ खुट्टामा गोली लागेका भण्डारीलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पताल स्रोतले जनाएको छ। आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते भएका छन्। घाइतेहरूको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरवासी आन्दोलनमा छन् । गत आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हत्याको अभियुक्त भन्दै प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन झन् चर्कियो । मानसिक सन्तुलन गुमाएका विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयवासी तीन दिनदेखि आन्दोलनमा छन् । घटनाको छानबिनका लागि वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दलाई कञ्चनपुर खटाएको छ ।

उता ३ बर्षअघि भएको टीकापुर घटनाका पीडितहरुको आँसु अझै रोकिएको छैन । २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा सहित आठ प्रहरी र एक बालकले ज्यान गुमाएका थिए । उक्त घटनाको मुद्दा हाल कैलाली जिल्ला अदालतमा चलिरहेको छ ।

घटनाका अभियुक्तमध्ये २३ जना कैलाली कारागार र मुख्य आरोपी रेशमलाल चौधरी केन्द्रीय कारागार काठमाडौँमै पुर्पक्षका लागि थुनामा छन् । अभियुक्तका आश्रित दुई बालबालिका पोखराको बाल सुधारगृहमा छन् । यतिबेला कञ्चनपुरमा भएको घटना पनि सोही घटना जस्तो रुप नलेला भन्न सकिन्न । तसर्थ सजग हुने बेला आएको छ । कञ्चनपुर घटनामा समस्याको समाधान खोजेर दोषीलाई कारबाही नगर्ने हो भने यो घटना थप हिंंस्रक बन्दै टिकापुर घटना बन्ने छ । तसर्थ सबैले सावधानी अपनाउने बेला भएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित