कर घटाएको बहानामा सेलिब्रेटी बन्ने होडबाजी

केही महिना यता देशैभर बृद्धि भएको करको बिरोध भयो । कतिपय ठाँउमा त करको बिरोधमा आन्दोलन समेत छेडियो । स्थानीय बासिन्दाले करको चर्को बिरोध गरेपछि कतिपय ठाँउमा करको समायोजन समेत भयो । सामान्य जिवनयापन गरिरहेकाहरुलाई करले नराम्ररी ढाड सेक्यो । करको दायरा बढेपछि स्थानीयबासीहरु स्थानीय निकाय प्रति नै खनिए ।

झापामा करको बिरुद्ध आन्दोलन नै छेडियो । मोरङ आधादर्जन बढी स्थानीय निकायमा समेत स्थानीय राजनीतिक दलको समेत अग्रसरतामा आन्दोलन छेडियो । बिराटनगर महानगरपालिका,कानेपोखरी गाँउपालिका लगायतका स्थानमा राजनीतिक दलहरुकै अगुवाईमा करको बिरोधमा चरणबद्ध आन्दोलन भए । आन्दोलनको भार थेग्न नसकेपछि उनीहरुले बाध्य भएर करको दायरा घटाए ।

बेलबारी नगरपालिकामा घरनक्सा पास गराउने क्रममा बिचौलियाहरुले लाखौको हिनामिना गरे । मनपरी शुल्क लिएर घरनक्सामा ब्रम्हलुट मच्चाएपछि स्थानीय जागरुक भए । र अन्त्यमा नगरपालिकाले बाध्य भएर कर निर्धारण गर्यो । यी केही उदाहरण हुन धेरै स्थानीय निकायमा करको चर्को बिरोध भई नै रहेको छ । चौतर्फी करको बिरोध भएपछि केही नगरपालिकाले कर घटाए ।

केही नगरपालिकाले कर घटाएपछि ती नगरपालिकाको चौतर्फी वाहवाही शुरु भयो । सस्तो लोकप्रियताको खोजीमा रहेका अन्य नगरपालिकाहरुले सिको गर्दै कर घटाएको भन्द्यै सामाजिक सञ्जाल रंगाउन थालियो । केही दिनदेखि यो श्रृंखला फेसन जस्तै भएको छ । ! कति मेयर र उपमेयर त कर घटाएको बिषयले अर्को कार्यकाल पनि जित्ने भईयो भन्दै झयाली पिटन समेत शुरु गरेका छन ।

कर बृद्धि गर्नुअघि एकपटक पनि सोचबिचार नगरेका जनप्रतिनिधिहरु जनतालाई भ्रम छरेर कर घटाएको झयाली पिटिरहेका छन । कर बृद्धि गर्नुअघि बैज्ञानिक तबरबाट यस्को गहन अध्ययन गरेर कर बृद्धि गरिएको भए यो अबस्था पक्कै पनि आउने थिएन । सामाजिक सञ्जालमा चर्चा पाउन्कै लागी मात्र कर घटाएको झयाली पिटदैमा जनताले बिश्वास गर्ने आधार बन्दैन । तसर्थ कुनैपनि निर्णय लिनुअघि सोचबिचार गरी गहन अध्यायन गरेर निर्णय गर्दा पक्के पनि राम्रो हुने छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित