कवि विषमलाई लेखनाथ पुरस्कार

काठमाडौँ / त्रिमूर्ति निकेतनले आधा शताब्दीदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचारप्रसार अभियानमा संलग्न गणेश विषमलाई २०७५ सालको ’लेखनाथ पौड्याल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथै सो पुरस्कारको राशि रु एक लाख रहनेछ । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको निकेतनको साधारणसभाले सो निर्णय गरेको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो । भदौ ११ गते चौधौंँ त्रिमूर्ति दिवसका अवसरमा सो पुरस्कार प्रदान गरिने जनाइएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित