बिद्यालयको खानेपानीमा बिष हाल्ने को ?

मोरङ । मंगलबार दिउँसो मोरङको लेटाङ–९ जाँतेमा अत्यान्तै निन्दनिय जति नै भत्र्सना गरेपनि कम हुने घटना भयो । स्थानीय श्रीमाविमा खानेपानीको टयांकीमा अज्ञात समुहले हालेको बिषका कारण सो बिद्यालयमा अध्ययानरत २९ जना बिद्यार्थी बिरामी भए भने ४ जनाको अबस्था अझैपनि चिन्ताजनक रहेको छ ।

सोमबार राति खानेपानीको ट्याङ्कीमा साईफर मिथेन १० नामको बिष हालेका कारण पानी सेवन गरेका बिद्यार्थी बिरामी भए । उनीहरुको सामुदायिक अस्पताल उर्लाबारी मंगलबारेमा उपचार सम्भव नभएपछि बिराटनगर रेफर गरियो । यस बिषयमा ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी निरिक्षक युवराज खतिवडाले पानीमा बिष हाल्नेको खोजी भईरहेको र यो सामान्य प्रकारको बिष रहेको बताए । घटना भएको २४ घण्टा बितिसक्यो । तरपनि प्रहरीले दोष्ीलाई पक्राउ त के दघटनाको सत्यतथ्य बाहिर ल्याउन समेत सकेको छैन ।

करिब १० हजार लिटर क्षमताको सो टयांकीमा अज्ञात समुहले बिष हालेको थियो । मंगलबार बिद्यालय गएका बिद्यार्थीहरुले पानी पिउने क्रममा केही बिद्यार्थीले पानी पिएको र केहीले पानी गन्हाएका कारण नपिएर बिद्यालय प्रशासनमा जानकारी गराएका थिए । पानी खाएका बिद्यार्थी बिरामी हुन थालेपछि उनीहरुलाई अस्पताल पुर्याईएको थियो । बिरामी हुने बालबालिकामा ४ देखि १४ बर्ष उमेर समुहका रहेका छन ।

घटनापछि लेटाङ नगरपालिकाले बिज्ञप्ती जारी गरी सो घटनाको निन्दा र भत्र्सना गरेको छ । नगरप्रमुख शंकर राईद्धारा हस्ताक्षरित बिज्ञप्तीमा यस्ता निच र घृणित कार्यको निन्दा गर्दै खेद प्रकट गरिएको छ । प्रहरी र प्रशासनले घटनाको निन्दा र भत्र्सना बाहेक केही गर्न सकेका छैनन । खानेपानीमा बिष हाल्ने को ? करिब ४ सय बिद्यार्थीको भबिश्यमाथि खेलवाड गर्ने र उनीहरुको ज्यान लिन खोज्ने को हो ? उसको उद्धेश्य के हो ? यो खोजीको बिषय भएपनि अनुसन्धान फितलो देखिएको छ । तसर्थ यो कुराको खोजीमा चासो देखाउनु जरुरी छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित