मन मिले यौनसम्पर्क,मन नमिल्दा बलत्कार !

 

पछिल्लो समय बलात्कारका घटनाहरु बृद्धि हुँदै गएका छन । दैनिक रुपमा बलात्कारका घटनाहरु सार्बजनिक हुने क्रम बढदो छ । बलात्कारपछि हत्या गर्ने क्रम समेत बढदो छ । धेरैजसो बालिकाहरु बलात्कारको शिकार भईरहेको समेत पछिल्लो तथ्यांकले पुष्टि गर्छ ।

कतिपय अबस्थामा भने राजीखुसीमा यौनसम्पर्क भएपनि पछि बलात्कारको आरोप लगाउने र बार्गेनिङ गर्ने क्रम समेत उत्तिकै बढेको छ । केही मानिसहरु नियतबश नै शूरुमा राजीखुसीमा यौन सम्पर्क गर्ने अनि पछि बलात्कारको आरोप लगाएर कमाईखाने भाँडो बनाउने गरेका समेत पाईएको छ । बलात्कार जस्तो जघन्य अपराध गर्नेले उन्मुत्ति पाउुन कदापि हुन्न,तर नियतबश बलात्कारको आरोप लगाउनु पनि जघन्य अपराध भित्र नै पर्छ र पारिनुपर्छ ।

पछिल्लो समय इच्छाविपरीत श्रीमतीसँग यौन सम्बन्ध राखेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । २२ वर्षीया श्रीमतीले २७ वर्षीय श्रीमान माथि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । श्रीमानले चाहना विपरीत जबरजस्ती यौनसम्पर्क गरेको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरी वैवाहिक बलात्कार मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिएका छन ।

उनका अनुसार विवाह भएको दुई वर्षपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । उजुरीमा श्रीमान् एक सातासम्म घर नफर्किने र घर फर्किएपछि इच्छा विपरीत पटक–पटक जबरजस्ती यौन सम्बन्ध राख्ने गरेको ती महिलाले आरोप लगाएकी छन् । यो एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता घटनाहरु दैनिक रुपमा भईनै रहेका छन । कतिपय अबस्थामा ईच्छाबिपरित भएपनि कतिपय अबस्थामा नियतबश यस्ता घटना भएका छन ।

नेपालको कानुनमा कुनैपनि महिलाले बलात्कारको उजुरी गरेमा पुरुष सिधै कानुनको भागीदार हुने भएका कारण समस्या झन जटिल बन्दै गएको छ । कतिपय अबस्थामा पुरुष पनि बलात्कारको शिकार भएका छन । जबरजस्तीमा परेका छन । पिडित भएका छन । तर उनीहरुको पिडामा चाँहि नबोल्ने कानुन महिलाको हकमा मात्र आकर्षित बन्दा पिडित झनै पिडित बन्न्ुपर्ने अबस्था सिर्जना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित