१ वर्षम चाहे जस्तो काम गर्न सकिएन : मेयर मुरारी प्रसाद खतिवडा


संखुवासभा / संखुवासभाको सदरमुकाम खाँदबारी यो जिल्लाको सबैभन्दा पुरानो र पहिलो नगरपालिका पनि हो । संघीय संरचना अनुसार यहाँ ११ वटा वडा छन् । साविक खाँदबारी नगरपालिकाका १३ ओटा वडा र शितलपाटी गाविस समेटेर २०७३ फागुन २७ गते संघीय संरचनामा खाँदबारी नगरपालिका बनाएको हो । विश्वकै होचो अरुण उपत्यका भित्र रहेको तुम्लिङटार विमानस्थलमा उभिएर विश्वको पाँचौँ अग्लो हिमशृंखला मकालुको दृश्यावलोकन गर्न सकिन्छ, यहाँबाट । सरकारकै मूख्य प्राथमिकतामा रहेको जोगवनी–किमाथांका कोशी राजमार्ग यहीँ नगरपालिकाको मध्यभाग भएर गएको छ । १० स्थानीय तह मध्ये यो नगरपालिका विकास निर्माणको हिसाबले अगाडी रहेको छ भने समृद्धीका थुप्रै सम्भावनाहरु पनि छन् । मेयर मुरारीप्रसाद खतिवडा सँगको कुराकानी

 चुनावताका गरिएका प्रतिबद्धता एक वर्षे अवधिमा के कति पूरा भए ?

निर्वाचनका बेला गरिएका घोषणा पूरा गर्न प्रयत्न भइरहेको छ । नेकपा एमाले पार्टीको तर्फबाट उम्मेदवार भएका कारण पार्टीले अघि सारेका प्रतिबद्धताहरू मेरा पनि प्रतिबद्धता हुन् । तिनीहरूलाई संस्थागत रूपमा पूरा गर्न प्रयत्न जारी रहनेछ । यो एक वर्षको अवधिमा कामको थालनी मात्र भएको छ । सानातिना कामका योजनाहरू मात्र पूरा भएका छन् । अधिकांश बाँकी छन् ।

एक वर्षको अवधिमा त निकै काम पूरा हुनसक्थे नि, किन पूरा गर्न सकिएन ?

हाम्रा प्रतिबद्धताहरू एकै वर्षमा पूरा हुने होइनन् । सानातिना प्रतिबद्धताहरू पूरा हुने क्रममा छ । वहुवर्षीय खालका योजनाहरू बाँकी छ । कतिपय प्रतिबद्धताहरू ऐन कानुन बन्न बाँकी रहेका कारण पनि पूरा भएका छैनन् । स्पष्ट कानुनको समेत अड्को परेको छ । कतिपय प्रतिबद्धता जनशक्ति अभावका कारण बाँकी रह्यो । यो संक्रमणकालिन अवस्थामा चाहेजस्तो र सोचेजस्तो काम हुन सकिरहेको छैन । जनताका आकांक्षा पनि असीमित छन् । स्रोत र साधनको अभाव छ । तथापि, यसलाई पूरा गर्न अथक प्रयत्न भइरहेको छ ।

नगरपालिका समृद्धीका लागि के कस्ता समस्याहरू छन् ?

यस नगरपालिकाका समस्याहरू विभिन्न खालका छन् । पहिलो त कर्मचारीको अभाव छ । यस कारण वडाबाटै हुनुपर्ने सेवा प्रवाह हुनसकेको छैन । वडा कार्यालयका लागि भवन छैन । विषयगत शाखाहरूलाई भवनको अभाव छ । आन्तरिक रूपमा पनि केही समस्याहरू छन् । केही पुराना भुक्तानीका लागि दायित्वहरू छन् । तर विधिसम्मत दायित्व नसरेका कारण विधि बनाएर फच्र्यौट गर्न समय लागेको छ । ऐन, नियम, कार्यविधि निर्माण भइसकेका छैनन् । निरन्तर प्रक्रियामा छ ।

यि र यस्ता समस्याहरु कसरी समाधान होला ? केके छन् समाधानका योजनाहरू ?

सबै समस्याको समाधान संघीय र प्रदेश सरकारको सहयोगमा गर्न सकिन्छ । दीर्घकालिन गुरुयोजना निर्माण गरेर समस्याको सम्बोधन गर्ने प्रयत्न हुनेछ । कर्मचारी अभावलाई पूर्ति गर्न प्रयत्न भइरहेको छ । कार्यालय भित्र पनि केही आन्तरिक समस्याहरू छन् । तिनीहरूको समाधान पनि उत्तिकै आवश्यक भएकाले त्यसलाई व्यवस्थापन गर्ने कार्य भइरहेको छ । वडा कार्यालयहरूको व्यवस्थापन र सञ्चालन सबैभन्दा बढी संवेदनशिल विषय हो । आआप्mनो वडा बाट तत्कालै सेवा प्रवाह गर्न पहल भइरहेको छ ।

स्थानीय तह सञ्चालनमा नीतिगत वा व्यवहारिक केही समस्या छन् की ?

स्थानीय तहको सञ्चालनमा नीतिगत र व्यवहारिक समस्या प्रसस्तै छन् । नेपालको संविधानले व्यवस्था गरेका अधिकारहरूको कार्यान्वयनका लागि ऐन निर्माण भइसकेका छैनन् । विज्ञहरूको अभाव छ । कतिपय ऐनहरू संघ र प्रदेश सरकारद्वारा निर्माण हुनुपर्नेछ । ऐन कार्यान्वयनका लागि नियमावली तयार हुनुपर्छ । त्यसका आधारमा कार्यविधि निर्माण हुनुपर्छ । त्यसपछि मात्र काम विधिपूर्वक अघि बढ्न सकिन्छ । हामी अहिले त्यहीँ कार्यविधि निर्माण प्रक्रियामा छौँ ।

ती समस्यालाई समाधान गर्न संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तह आफैँले केके गर्नुपर्छ जस्तो लाग्छ ?

बजार क्षेत्रको ढलको उचित व्यवस्थापन गर्न योजना संचालन गर्ने, धार्मिक पर्यटनलाई व्यवस्थित गर्ने र मनकामनालाई योजनाबद्घ विकास गर्ने, एउटा व्यवस्थित सभाहलको निर्माण, कृषि बजार र कोल्ड स्टोर निर्माण, सञ्चार क्षेत्रको विकास र विस्तारका लागि मिडिया र मिडियाकर्मीहरूसँग कार्यक्रम साझेदारी गरिनेछ । माथिका समस्या समाधान गर्न पहिलो विषय प्रदेश र संघीय सरकारले विज्ञहरूको व्यवस्था मिलाइ दिएर ऐन नियमहरूको निर्माण गर्नुपर्छ । दोस्रो, त्यसको कार्यान्वयनमा आवश्यकता अनुसार जनशक्ति व्यवस्थापन हुनुपर्छ । तेस्रो, स्रोत साधनको अभाव भएका स्थानीय तहहरूलाई आवश्यक मात्रामा स्रोतको व्यवस्थापन गरिदिनु पर्छ । चौथो, सीप र प्रविधि हस्तान्तरण हुनुपर्छ । पाँचौँ, निष्पक्ष र इमान्दारीका साथ अत्यन्त सुविचारित ढंगले स्थानीय तहले तिनलाई कार्यान्वयनमा लैजानुपर्छ ।

नगर समृद्धीमा अबका योजना केके छन् ? ती योजना पूरा गर्ने आधार केके हुन् ?

पाँच वर्षे कार्यकालमध्ये एक वर्ष बितिसकेको छ । अबका चार वर्ष भित्र पूरा गर्ने कामका योजनाहरूमा सबै वडा कार्यालयहरूको समुचित व्यवस्थापन गरी वडाबाटै सेवा प्रवाह सुचारु गर्ने, नगरपालिकाको कार्यालयबाट सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गरिने छ । यसरी नै नगरको एकीकृत शहरी विकास गुरुयोजना तयार पारी व्यवस्थित शहर निर्माण गर्ने, नगरका सबै टोल बस्तीसम्म विद्युत आपूर्ति गर्ने, शुद्ध पिउने पानीको प्रबन्ध गर्ने, पर्यटनको गुरुयोजना तयार पारी पर्यटकीय नगर निर्माण गर्ने योजना छ । नगरको लगानीमा निर्माण भएका सडकहरूको लगत कट्टा गरी बाह्रै महिना सञ्चालन हुनेगरी स्तरोन्नति गर्ने, करको दायरालाई फराकिलो पारी सबै क्षेत्रलाई करको दायरामा ल्याई आयस्रोत वृद्धि गर्ने, उद्योग स्थापनामा सहयोग गरेर रोजगारीको सिर्जना गर्ने, कृषिका पकेट क्षेत्र निर्धारण गरी किसानलाई आत्मनिर्भर बनाउन लगानी गर्ने, कृषि पर्यटनको विकास गर्ने, लिफ्ट सिँचाइ मार्फत् सिँचाइ सुविधा वृद्धि गर्ने, उन्नत पशुपालनमार्फत् दूध र मासुमा आत्मनिर्भर बनाउन सहयोग गर्ने लगायतका योजना अघि सार्ने सोचमा छौँ । फोहोर मैला व्यवस्थापन गर्ने र कम्पोष्ट मल निर्माणमा सहयोग गरी रसायनिक मलको प्रयोग नियन्त्रण गर्ने, सूचना र प्रविधिको विकास र व्यवस्थापन गरी प्रविधियुक्त नगर निर्माण गर्ने, प्राविधिक शिक्षालाई प्राथमिकता दिई आवश्यक प्राविधिक जनशक्ति तयार गर्ने, स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँच हुनेगरी व्यवस्था गर्ने र औजार उपकरणको उचित व्यवस्थापन गरी स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गर्ने पनि योजना छ ।

सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाई नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन प्रत्येक वडामा वडा प्रहरी कार्यालयको स्थापना गर्ने, खेल क्षेत्रको व्यवस्थित विकासका लागि एउटा रंगशाला र एउटा कवर्ड हलको अनिवार्य व्यवस्था गर्ने, जग्गा विकास (ल्याण्ड पुलिङ) कार्यक्रम अन्तर्गत तुम्लिङटारमा नमुना बस्ती विकास गर्ने, बजार क्षेत्रको ढलको उचित व्यवस्थापन गर्न योजना सञ्चालन गर्ने, धार्मिक पर्यटनलाई व्यवस्थित गर्ने र मनकामना मन्दिरलाई योजनाबद्ध विकास गर्ने, एउटा व्यवस्थित सभाहलको निर्माण, कृषि बजार र कोल्ड स्टोर निर्माण, सञ्चार क्षेत्रको विकास र विस्तारका लागि मिडिया र मिडियाकर्मीहरूसँग कार्यक्रम साझेदारी गरिनेछ । यस्तै योजनाहरूको कार्यान्वयनमा प्राथमिकता दिनसके आगामी चार वर्ष भित्र नगरको मुहार फेर्न सकिन्छ भन्ने आत्मविश्वास लिइएको छ । यसका लागि सबै नगरबासीहरूले साथ सहयोग गर्नु आवश्यक छ । विशेष गरेर व्यापारी, व्यवसायी, उद्योगपति, अन्य रोजगारीमा रहनुभएका सम्पूर्ण महानुभावहरूसँग योजनाहरूको सफल कार्यान्वयनमा नगरपालिकाले साझेदारीको अपिल गरेको छ । निजी क्षेत्रहरूसँगको साझेदारी नगर विकासको हाम्रो मुख्य आधार हुनेछ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…