मोफसलमा बसेर राष्ट्रिय कलाकार बन्न गाह्रो छ : अञ्जु गौतम (गायिका)
पुर्वेली लोक गित संगितमा अब्बल मानिएकी गायिका हुन अन्जु गौतम । बिगत एक दशकदेखि इटहरीलाई कर्मथलो बनाएर उनी क्रियाशिल छिन । उनले ८ ओटा एल्बम मार्फत करिब डेढ सयको संख्यामा गितहरु गाएकी छिन । हरेक चाडपर्वमा एल्बम निकाल्ने उनले यो तिजमा पनि गित रेकर्ड गराएकी छिन । उनले लोकगीत, पुर्वेली, लोक आधुनिक, भजन तिहार गीतमा स्वर दिएकी छिन ।
नेपालमा गीतसंगीत क्षेत्रमा राम्रो स्वर, ज्ञान र अनुभव नभएका व्यक्तिहरुले पनि आफूसँग प्रर्याप्त रकम भएको कारण बजारमा निकै छोटो अवधिमा पनि राम्रो चर्चा कमाइरहेको र राम्रा सिर्जनाले ठाँउ नपाएको अनुभव उनि सुनाउँछिन । यस पटकको तिजको लागी “स्वयंबरको रातो साडी लगाउ छप्क्कै” नामको गित र भिडियो तयार भएको छ । उनले सो गितको छायांकन ईटहरी र आसपासमा गरेकी छिन । उनी यो गितबाट आशावादी समेत रहेकी छिन । गायिका गौतम सँग गित संगितको सेरोफेरोमा रहेर गरिएको भिडियो कुराकानी :
प्रतिक्रिया