माछा पालनबाट स्वदेशमै राम्रो आम्दानी : कृषक राई

मोरङ / बेलवारी नपा लालभित्तीमा न्यू एभरेष्ट माछा फार्मका संन्चालक मोहन राई प्रदेश नं. १ कै स्थापित माछापालक कृषकको रुपमा परिचित छन् । माछापालन व्यवसायमा रमाईरहेका कृषक राईले विगत २० बर्षदेखी निरन्तर रुपमा व्यवसायिक किसिमले विभिन्न जातका माछाका भुरा तथा खाने माछाहरु खरिद बिक्री गदै आएका छन् । केही कामदारहरुलाई स्वदेशमै रोजगारी समेत यसै व्यवसायबाट दिन सफल भएका उनले  करिब ८ कठ्ठा जमिनमा आधुनिक किसिमको पद्धति अपनाएर माछाको भुरा बिक्री तथा माछापालन गरि राम्रो आम्दामी गरेर अघि बढन सफल भएको राईले बताए ।

कृषकहरुको लागि आफ्नो फार्मबाट माछाका भुराहरुको बिक्री वितरण गदै व्यवसायलाई अघि बढाएका राई माछापालन गर्न चाहाने नयाँ पुस्ताहरुको लागि अहिले प्रेरणाको स्रोत समेत बन्न सफल भएका छन् । उनको माछा फार्ममा दैनिक रुपमा बर्खा र हिउँद गरि सिजनको समयमा  ग्राहकहरु पहाड तथा मधेशको भित्रीभागहरु बाट समेत माछाका भुरा खरिद गर्न आउने गरेको पाहिन्छ । उनको व्यवसायिक फार्ममा खाने माछा   किन्नेहरुको भिड लाग्ने गर्दछ ।  थोरै जमिन तथा कम लागतमा पनि धानखेतीमा समेत माछा पालन गर्दा दोब्बर भन्दा बढी  आम्दामी लिन सकिने अनुभव बटुलेका राई नेपालमा बढीमात्रामा भारतीय माछाले बजार लिईरहेको हुँदा यस व्यवसायको विकासका लागि कृषकहरुलाई हौसला तथा सहयोग हुने खालको कार्यक्रम सम्बन्धित पक्षले ल्याउन जरुरी भएको बताउँछन् ।

अन्य मासुको तुलनामा माछाको मासुमा उच्च रक्तचाप ,मधुमेहका लागि समेत उपयुक्त मानिने हुँदा माछाको स्वादमा समेत आफ्नै विशेशता भएकाले समेत माछाको मासु खाने र व्यवसाय गर्नेहरु यस तर्फ आकर्शित भएको पाहिन्छ । माछामा पाहिने प्रोटिन मानिसका लागि स्वास्थ्यबर्धक समेत मानिन्छ । अन्य जनावरको मासुमा आभेगा सिक्स भन्ने तत्व अधिक हुने र त्यसले बोसोको मात्रा बृद्धी गराउने भएकोले जिवजन्तुको मासु मानिसका स्वास्थ्यका लागि हानीकारक भएकोले पेटमा जुका र किटाणु पर्ने सम्भावना अधिक रहेको स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । माछामा पाहिने तत्वले मानिसको मुटु र नशामा जम्ने मोटो बोसोलाई सफा गर्ने काम समेत गर्दछ । माछा सेवन गर्नु स्वास्थ्यका लागि समेत वरदान सावित र व्यवसाय गर्न चाहानेका लागि फाईदा जनक भएको माछापालन गदै आएका कृषक राईले बताए ।

नेपालमा उपयुक्त हावापानी भौगोलिक विविधताका कारणले गर्दा प्राःय सबै जातका माछा विभिन्न स्थानहरुमा उत्पादन गर्न सक्ने अवस्था छ । किसानहरुका लागि राम्रो अर्थोपार्जनको माध्यम बन्न सक्ने यो व्यवसायलाई सरकारले मध्यनजर गरि उपयुक्त निति ल्याएर माछापालन व्यवसायलाई सुधार गर्ने सके रोजगारका लागि चर्को घाम पानी सहेर, समस्या सँग जुधेर विदेश जाने लाखौ युवाहरु स्वदेशमै प्रचुर आम्दामी गर्न सक्छन् । विगत लामो समयदेखी व्यवसाय संन्चालन गरेर रोजगारीको समेत सिर्जना गदै आएका मेहनती कृषक तथा न्यु एभरेष्ट माछा फार्मका संन्चालक मोहन राई संग पूर्वेली न्युजका सहकर्मी मणिराम दाहालले माछा पालन विषयको सेरोफेरोमा रहेर गरेको व्यवसायिक कुराकानी यहाँ प्रस्तुत गरिएको छ….।

तपाईले संन्चालन गरेको न्यु एभरेष्ट माछा फार्मको बारेमा के भन्नु हुन्छ ?

न्यू एभरेष्ट माछा फार्म भनेको विभिन्न माछाका भुराहरु खरिद बिक्री गर्ने फार्म हो । यांहा खाने माछा पनि पाहिन्छ । आज भन्दा करिब २० बर्ष अगाडी यस व्यवसायिक माछा फार्मको स्थापना भएको हो । बेलवारीको लालभितीमा अवस्थीत यस फार्ममा १५ जना जति कामदार हरुलाई रोजगारी प्रदान गरेर विगत लामो समय देखी यसै व्यवसाय रमाई रहेको छु । करिब ८ कठ्ठा जमिनमा गरेको यो व्यवसाय बाट बाषर््िाक रुपमा  सबै खर्च कटाएर राम्रो आम्दामी लिन सफल भएको छु ।

व्यवसाय गर्ने सोच कसरी आयो ?

हामीले जिवीकोपार्जनका लागि केही न केही व्ययसाय गर्नु पर्दो रहेछ । पहिले देखी नै मैले पोखरी खनेर माछा पालन गर्ने सोच बनाएको थिए । आफुले भने जस्तो गरेर सहज तरिकाले माछाका भुराहरु समयमा नपाएको हुनाले आफैले भुरा बिक्री वितरण गर्ने सोचले न्यू एभरेष्ट माछा फार्म खोल्ने सोच बनाए । पछी यो माछा पालन व्यवसाय गदै जांदा मलाई राम्रो हुदै गयो । अहिले मैले व्यवसायिक रुपमै यो फार्म संन्चालन गदै आएको छु । आफ्नै स्थानिय ठाउँ स्वदेशमा बसेर व्यवसाय गर्न पाउँदा निकै खुसी अनि रमाईलो पनि लाग्छ ।

यस माछा फार्ममा कुन कुन जातका माछाका भुराहरु पाहिन्छ ।

यस फार्ममा मैले बिक्री गर्ने त भुरा नै हो । खाने माछाको तुलनामा । प्रदेश नं. १ को  प्राःय सबै जिल्लाहरुबाट माछाका भुरा किन्न कृषक साथीहरु याहाँ आउँछन । यस माछा फार्ममा विशेष गरेर उन्नत जातका माछाका भुराहरु ग्रासकार्प, कमनकार्प , सिल्भर कार्प, विगहेड कार्प ,पङगास, रहु , नैनी , भाकुर, साथै हाईबेड ,मुग्री लगायतका भुराहरु सहज रुपमा पाहिन्छ । खाने माछामा चै मुर्गी बाहेक अन्य जातका माछा यहां उत्पादन हुदै आएका छन् । मुग्री माछा भने धेरै जसो भारतबाटै आयत हुन्छ । पालेर बेच्ने माछामा तुलनात्मक रुपमा रहु, नैनी तथा कमन जातको माछा बाट बढी फाइदा लिन सकिदो रहेछ ।

माछा पालन गर्न चाहाने कृषकहरुले कुनकुन कुरामा विचार पु–याउनु पर्दछ ?

माछा पालन गर्न चाहाने कृषकहरुले मुख्य रुपमा पोखरी विचार पुयाएर बनाउनु पर्दछ । पोखरीको डिल आवश्यक रुपमा अग्लो बनाएर निमार्ण गर्दा राम्रो हुन्छ । पानीको मात्रा पोखरीमा निश्चित रुपमा राख्नु पर्दछ । माछाका भुरालाई अढाई फुट देखी ३ फुट सम्म तथा खाने ठुला माछालाई ३ फुट देखि ४ फुट सम्म पानी राख्न  सकिन्छ । पोखरीमा भएको किरालाई  मार्नको लागी कृर्षी चुनाको प्रयोग गर्नु पर्दछ । चुना पोखरीमा लगाउँदा छेउछेउमा लगाउनु पर्दछ ।  पोखरीमा माछा नभएको समयमा चुना पोखरीको बिचमा पनि लगाउन हुन्छ । साथै पोखरी लाई मलिलो बनाएर माछालाई चाडै बृद्धी गर्नको लागी पचेको गोबरमल र कृर्षी चुनाको प्रयोग गर्नु आवश्यक हुन्छ । पोखरीको पानी समय समयमा फेर बदल गरेर आवश्यक अनुसार  पोखरीको पनी सरसफाई गर्नु पर्दछ । पोखरीमा माछालाई दुःख दिने सर्प, भ्यागुता र अन्य हानीकारक जिवजन्तु बाट माछालाई जोगाउनु पर्दछ । आवश्यक अनुसार पोखरीको हेरविचार र पानीको मात्रा मिलाएर माछा पालन गर्दा राम्रो हुन्छ ।

माछा फार्म खोलेर जीविकोपार्जन गर्न सक्ने स्थिती कत्तिको देख्नुहुन्छ ?

मेहनत र पौरख गरेर राम्रो संगले माछा पालन गर्ने हो भने जीविकोपार्जन मात्र होईन राम्रो पैसा कमाउँन सक्ने सम्भावना मैले देखेको छु । अन्य कृषी व्यवसायको तुलनामा  यस व्यवसायबाट  स्वदेशमै  राम्रो  अम्दानी गर्न सकिन्छ । विदेश जानै पदैन । फागुन १५ देखी अशोज कार्तिक सम्मको समय माछा पालनको सिजन हो । माछालाई जाडो भन्दा गर्मी नै बढी सहज हुने गर्दछ । पोखरीमा माछाको भुरा लगाउँदा सबै जातको मिलाएर लगाउदा राम्रो हुन्छ । व्यवसायमा प्रतिष्पर्दा अलिबढी नै हुने भएकोले समयमा भुरा छोडेर आवश्यक हेरविचार गर्दा राम्रो आम्दामी गरेर जिविकोपार्जन गर्न सकिन्छ ।

यसप्रकारको व्यवसाय गर्दा हुने समस्याहरु के के हुन ?

मुख्य रुपमा सिचाईको समस्याका साथै कामदारको अभाव छ । आफ्नै स्वदेशमा काम गरेर बाँच्नु पर्छ भन्ने सोचको कमी छ । माछाको चारो र औषधी उपचारमा समस्या छ । माछालाई लाग्ने रोगहरु चाडै थाहा हँुदैन बाहीरी जीवहरुले पनि माछालाई आक्रमण गर्छ । माछाको छालामा पनि रोग लाग्छ । साच्चै भन्ने हो भने नेपालमा माछालाई उपचार गर्न सक्ने साधन र स्रोतको  अभाब छ ।  विदेशको माछापालन व्यवसायमा उपचारका लागी राम्रो अवस्था छ । माछा कमजोर भएर पनि मर्न सक्छ । घाउ चोट पटक पनि माछालाई लाग्छ । भनेको समयमा पानी नपर्ने,खडेरी पर्ने समस्या छ ।  माछा पालन गर्दा माछा समात्न र दाना अक्सीजन, औषधी, आदी गर्न सिपालु मान्छे पाउन मुस्कील छ । बर्षै भरि माछाको सिजन राम्रो नहुने भएकोले कामदार लाई तलब दिई रहनु पर्दा केही समस्या हुन्छ । व्यवसाय हो, घाटा नाफा चलिरहन्छ । सधै निरास भएर नोक्सान नै हुने अवस्था भने हुँदंैन ।

हाम्रो देशमा माछा खरीद बिक्री गर्न बजारको अवस्था कस्तो छ ?

माछा खरिद बिक्री गर्न बजारको अवस्था राम्रो भए पनि भारतबाट आउने माछाले नेपाली बजार लिई रहेको छ । बजारमा खाने माछा किन्नेहरुको भिड लाग्ने गर्दछ । अन्य कृर्षी व्यवसायका तुलनामा यो पेशाबाट बढी नै अम्दानी लिन सकिन्छ । माछा पालन व्यवसाय रमाईलो व्यवसाय पनि हो । खासै धेरै  आर्थिक आवश्कता पनि पदैन् । माछाको भुरा छोडेको करिव ६ महिनामा खरिद बिक्री गर्न योग्य हुन्छ । माछा पालन व्यवसायलाई व्यवसाय मूलक बनाएर पेशाको सुधार र विकाश गरि अघि बढनु आवश्यक छ । थोरै जमिन हुने किसानका लागि पनि माछा पालन राम्रो आर्थिक उन्नतीको  विकल्प हुन सक्छ । धानखेती भित्र माछा पालन गर्दा धान खेती संगै दोब्बर भन्दा बढी फाईदा लिन पाहीन्छ । मेहेनत र जाँगर चलाउन सके राम्रो बजार पनि लिन सकिन्छ ।

माछा पालन गर्न चाहाने कृषकहरुको लागि सरकारी निकायबाट के गरि दिएमा सहज हुने थियो जस्तो लाग्छ ?

माछा पालन गर्न चाहाने तथा गदै गरेका कृषकहरुको लागि सरकारी निकायबाट सहयोगको ठुलो आवश्यकता छ । तर अहिले सम्म कृषकहरुको लागि सम्बन्धीत निकायले उपयुक्त व्यवस्था तथा सहयोग नगरेका कारण कृषकहरु मर्कामा छन् । यस व्यवसायमा सरकारी फार्मले कृषकहरुको लागि स्वदेशमै सहज तथा सरल रुपमा माछाका भुराहरु किन्न पाउने राम्रो वातावरण  मिलाउनु पर्दछ । समयमा गुणस्तरीय तथा राम्रो जातका माछाका भुराहरु नपाउँदा कृषकहरुलाई यस व्यवसायमा अघि बढेर काम गर्न समस्या छ । माछा पालन व्यवसायमा पाहुनु पर्ने अनुदानलाई सहज रुपमा विस्तार गरेर कृषकहरुलाई हौसला प्रदान गर्नु पर्ने आवश्यकता छ । सरल रुपमा ऋणपानका साथै उचित रुपमा  माछाका लागि चारो ,पानी औषधी उपचारमा छुटको राम्रो व्यवस्था गरि सहयोग गरेर सरकारी निकायबाट माछा पालन व्यवसायलाई विकास र बृद्धी गर्ने खालको कार्यक्रम ल्याउन जरुरी छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…