गलत तवरले क्रसर उद्योग सञ्चालित : नगरप्रमुख राई

लेटाङ । उत्तरी मोरङको लेटाङ नगरपालिकामा आधा दर्जन बढी खोलाहरुले बर्षेनी ठुलो धनजनको क्षति गर्ने गरेको र त्यसको निराकरणका लागी बाँध लगायत बिभिन्न रोकथामका उपायहरु अपनाईएको नगरप्रमुख शंकर राईले बताएका छन ।

पूर्वेली न्यूजसँग कुराकानी गर्दै राईले चिसाङ लगायतका आधा दर्जन बढी खोलाहरुले बर्षायाममा हरेक बर्ष क्षति पुर्याउने गरेको र त्यसको रोकथामका लागी नगरपालिकाले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यलय,प्रदेश सरकार लगायत केन्द्रिय योजनामा समेत रोकथामका लागी बिभिन्न पहल गर्न आग्रह गरेको प्रमुख राईले बताए । नगरका बिभिन्न क्षेत्रमा हात्ति लगायत जंगली जनावरको आतंक समेत उत्तिकै हुने गरेको छ । त्यसको रोकथामका लागी समेत हरेक वडाले नियन्त्रणका लागी बिभिन्न कार्यक्रमहरु अघि सारेको उनको दाबी छ ।

चिसाङ खोलामा निर्माणधिन पुल तिब्र गतिमा निर्माण भईरहेका कारण आसपासका स्थानीयलाई आवातजावतमा सहजता हुने उनको भनाई थियो । सोही क्षेत्रमा सञ्चालित क्रसरहरु नियम बिपरित रहेको र क्रसरका बिरुद्ध थुप्रै उजुरीहरु समेत परेका कारण क्रसर उद्योगलाई ब्यबस्थित गरिने समेत उनले बताएका छन ।

क्रसर उद्योगहरु गलत तबरबाट सञ्चालन भईरहेको आफुले पनि बुझेको र यसलाई नियन्त्रण गर्न र क्रसरबाट प्राप्त आम्दानी त्यहि क्षेत्रमा लगानी गर्न स्थानीयको माग अनुसार बहुमत स्थानीयले राय र सुझावका आधारमा आफु अघि बढने समेत उनले बताए । केही जनप्रतिनिधिहरु समेत आफै क्रसर उद्योगको सञ्चालक रहेको र स्थानीय खोलामा चरम दोहन गरिरहेको बेलाबेला स्थानीयले नै आरोप लगाउने गरेका छन ।

स्थानीय सडक कालोपत्रे लगायत बिकास निर्माणलाई तिब्रता दिएको नगरले खेलकुदको बिकासका लागी गोल्डकप आयोजना गर्ने,खेलाडीहरुलाई सम्मान गर्ने लगायतका कार्यक्रम अघि सारिएको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…