कानुन तामाङलाई मात्र लाग्छ, प्रसाई र मार्सी चामल खाने लाई लाग्दैन ?

ईटहरी । कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएपछि उनको इमान्दारिताको प्रशंषा भएको छ । उनले पदबाट राजीनामा दिँदै गर्दा आफुले जस्को लागी संघर्ष गरेँ त्यही कारण राजीनामा दिनुपर्यो भनेर महिलाहरुको पक्षमा लडेको तर आफु त्यहि कारण पदबाट बिदा लिनुपरेको बताए । यद्यपि उनले गल्ति बोलेको र आफुले क्षमा मागेको बताए । उनले क्षमा मागेपछि पनि राजिनामा दिएको भन्दै उनको इमान्दारिताको प्रशंषा गरिएको छ ।

नेपालमा दैनिक रुपमा सयौँ झुटहरु बोल्ने तर माफी नमाग्ने नेताहरुका लागी उनको यो कदम सहनीय देखिएको छ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिए । राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए । जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःख व्यक्त गरे । ‘नेपाली नारीहरुप्रति सम्मान गर्छु, कोही पनि नारीमाथि हिंसा हुनुहुन्न भन्ने मान्छु ।’ महिलाहरुको हक अधिकारका लागि काम गरेको आफूलाई त्यही विषयले लखेटेको उनले सुनाए । ‘जे विषयमा निरन्तर लागिरहेको हु्न्छ, त्यही विषयले लखेट्ने दिन पनि आउँदो रहेछ’ उनले भने ‘अरु कसैलाई यस्तो नपरोस् ।’

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टि्फिकेट पाउन अस्मिता बेच्न बाध्य भएको दाबी गरेका थिए । विवादास्पद अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्याहरुलाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे । तर, आलोचना नरोकिएपछि यो मुद्दाले सरकार र पार्टीलाई बदनाम गर्ने भन्दै सत्तारुढ दल नेकपाले कानूनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

तामाङले माफी मागे अनि राजीनामा पनि दिए तर दैनिक रुपमा झुटको खेती गरिरहेकाहरुले न त माफी मागे न त राजीनामा नै दिए । उनीजस्तै अभिब्यत्ति दिएका झापाका बिएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँलाई समेत कारबाहीको माग गरियो । तर उनलाई न त सरकारले नै स्पष्टिकरण लियो न त उनले नै माफी मागे । प्रधानमन्त्रीका आफन्त र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बिश्वासपात्र भनिएका प्रसाईको अभिब्यत्तिको चौतर्फी आलोचना भएपनि सरकार,मन्त्रीहरु चुपचाप छन । के कानुनले तामाङलाई मात्र छुन्छ ? प्रसाईलाई कारबाही हुनुपर्दैन ? अनि उनलाई बोकेर हिँडनेहरु र मार्सी चामलको भातमा रमाउनेहरुलाई कारबाही हुनुपर्दैन ? कानुन सबैलाई बराबर हुनुपर्छ । तामाङले माफी मागेर राजीनामा दिँदा प्रसाई र उनलाई बोक्नेहरुले पनि माफी माग्नु जरुरी छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित