विकास प्रेमी योद्धा धरानले गुमाउदा

मृत्यु पनि मान्छे पिच्छे फरक हुदो रहेछ !!
जनताको छोरो मर्दा देशै रुदो रहेछ !!

प्रिय नेताको अवसानमा यति बेला देश रोहिरहेको छ । समाजिक सञ्जालका भित्ताभरी उनलाई श्रद्धाञ्जलीका शब्द पोखिएका छन् । देशका कार्यकारी प्रमुख प्रधानमन्त्रि केपी ओलीदेखि सामान्य नागरिकले दुख व्यक्त गरिरहेका छन् ।

यो शोक व्यक्त, सहानुभुति मंगलबार अल्पआयुमा निधन भएका जनताका प्रतिनीधि धरान उपमहानगरका प्रमुख तारा सुब्वाप्रति थियो । तीन बर्ष अघि मात्र मृगौला प्रत्यारोपन गरि महगो औषधी सेवन गरिरहेका सुब्वालाई चिकित्सकले आराम गर्ने सल्लाहा दिएका थिए । तर उनी चिकित्सकको सल्लाहा पालन गर्न पाएनन् ।

उनको धरानेको सेवा र पार्टीप्रतिको योगदानको उच्च मुल्याङ्क गर्दै धरान उपमहानगर प्रमुखमा तत्कालिन नेकपा एमालेबाट टिकट दिएपछि चुनावी अभियानमा रातदिन खटे । उनको जीवन व्यस्त बन्यो । जनताको कामको धपेडीले उनले आरम गर्नेसमेत समय पाएनन् । जो आज उनको मृत्युको कारण बन्यो ।
२०३६ सालदेखि विद्यार्थी आन्दोलनमा होमिएका सुब्वा धरान आएदेखि नै उनी धरानको मेयर भएर जनताको सेवा गर्ने अठोट गरेका थिए । उनको अठोट तोड्न उनकी जीवन साथी इन्दु राईले हङकङ आईडी लिएर आईन । उनले आफ्नी जीवन साथीको हङकङ जाने प्रस्ताव पनि अस्वीकार गरि दिए । धरानेकै मायामा श्रीमान श्रीमति हङकङ गएर सम्पति कमाउने प्रस्ताव अस्वीकार गरे । श्रीमतिलाई एक्लै पठाएर आफु धराने जनतासँगै दुख सुख विताउने प्रण गरे ।
जनताबीच रहेर काम गर्ने उनको धोको पुरा गर्ने अवसर एक बर्ष अघिको स्थानीय निर्वाचनले जुरायो र मेयरमा निर्वाचित भएर धरानलाई सम्वृद्ध शहर बनाउने खाका बनाए । तर उनले देखेको सपना अधुरै बन्यो । नगर प्रमुख निर्वाचित भएको एक वर्षपछि ५२ वर्षको उमेरमा मंगलबार दिउँसो सदाका लागि विदा लिए ।

देबेन्द्र कार्की

सुव्वाले धरान उपमहानगरलाई पुर्वको पर्यटीय स्थलको केन्द्र, स्मार्ट सिटि, बस्ती विकास, धरान खानेपानी आयोजना, जनसहभागिताको स्फुर्त योजना, वगैचाको शहर र व्यापारिक ट्रान्जिट सिटि तथा इकोनोमिक करिडोर बनाउन ‘मास्टर प्लान’ बनाएका थिए । निर्वाचित भएर धरानका सुकुम्वासीहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने प्रतिवत्ताता अनुसार सुकुम्वासी बस्तीमा घर नं. वितरण गरिसकेका थिए । सुकुम्वासीहरुलाई जग्गाधनी बनाउने उनको अभियान अधुरो रहेको छ ।

नेकपा एमालेमा रहेर काम गर्दा निष्ठावान, दृढ निश्चयी, हरेक कुराको तत्काल निर्णय गर्न सक्ने, दुरदर्शी सोच उनमा थियो । निष्ठाको राजनीतिमा टिकेका सुब्वा हरेक युवा, विद्यार्थीको मन मष्तिकमा थिए । कसैलाई समस्या पर्दा अघि सरेर समाधान गर्ने, अठ्यारो काममा कायकर्ताहरुलाई हौसाला दिन्थ्ये । ‘केहि प¥यो भने तारा सुब्वालाई सम्झनु’ भन्ने उनको हौसालाले युवा, विद्यार्थी र राजनीतिक कार्यकर्ताहरुलाई हौसला प्रदान गरि रहन्थ्ये । सबैका प्रिय नेता भएर जनताको काम गर्ने केही असल नेताहरुको समुहमा सुव्वा पनि थिए । युवा विद्यार्थीहरु नै देशका खम्वा हुन भन्ने उनको सोच बनाएर काम गथ्ये । त्यही भएर मेयर हुने वितिकै आफ्नो सचिवालयमा विद्यार्थी र युवालाई अवसर दिएका थिए ।

मिडिया प्रति अत्यन्त सकरात्मक सोच राख्ने सुब्वा नगर अध्यक्ष हुदा धरानलाई कसरी विकास गर्न सकिन्छ । एमालेका एजेण्डा के हुन सक्छन् भन्ने विषयमा छलफल गरि रहन्थ्ये । नगरपालिकामा आए पछि पनि मिडियासँग निरन्तर छलफलमा थिए । उनले प्रेस संयोजक राखेर धरान उपमहानगरलाई मिडियामैत्री बनाएका थिए ।

भलै उनले अवसर दिएका केही व्यक्तिहरुको गलत सल्लाहाका कारण आलोचित भए होलान तर हजारौ गुणका धनी सुव्वा एकादुई बैगुणको गणनागर्न लायक भएनन । सबै राजनीतिक दलहरुलाई मिलाएर लान सक्ने खुवी भएका सुव्वा हरेकका लागि आँखामा राखे पनि नविझाउने थिए । कुनै आर्थिक प्रलोभनमा नपर्ने, सबैलाई समेटेर लानु पर्दछ भन्ने सोच भएका कारण नै उनी धरानमा लोकप्रिय नेता भएका हुन ।

जनसहभागिताको नमूना शहर, सफा र पक्की सडक सबै वडामा पुगेको सहर धरानको पहिचान यही हो । यसलाई दिर्घकालसम्म कायम राख्न सुब्वालले मास्टर प्लान नै तयार गरेका छन् । यो अभियानका उनी साची मात्र नभएर अभियानकर्ता नै हुन ।

मेयर भए पछि बसपार्क निर्माण, डाँडाघोपामा एयरपोट, चिण्डेडाडा र विष्णुपादुकामा भ्युटावर निर्माणसँगै धरानलाई पर्यटकीय हव बनाउन योजना अघि सारेका थिए । स्मार्ट सिटी बनाउने, धरानका चारवटै नाकामा सांस्कृतिक पहिचानसहितको प्रवेशद्वार बनाउने, सुकम्बासी नमुना बस्ती बनाउने, सुकुम्बासीहरुलाई सहुलियत दरमा ऋण उपलव्ध गराउने र धरान, विष्णुपादुका, विजयपुर, भडेटार केवलकार सञ्चालन गर्ने उनको सपना थियो । विडम्बना उनको सपना पुरा भएन ।

अवको नेतृत्वले उनले देखेको सपना पुरा गर्न सके मात्र उनको आत्माले शान्ति पाउने छ । युवा अवस्थामा पुरै राजनीतिकमा होमिए । कहि कतै आर्थिक प्रलोभनमा नपरि सेवा गरेको प्रमाणहरु जिवितै छन् । जीवनभरी धरानको उत्थानमा लागेका सुब्वाको सपना अवका पुस्ताले पुरा गर्नु पर्दछ । नेकपाले पनि उनका महत्वकाक्षी योजनाहरु प्ुरा गर्न दवाव दिनु पर्दछ ।

राजनीतिकका अथक योद्धा, लोकप्रिय जनप्रतिनीधि तारा सुब्वा जनताको मन मष्तिकमा अविरिल चम्किरहने छन् । आशा गरौ उनले देखेको सपना, अधुरो रहेको सपना, आउने पिडीले पुरा गर्ने छन् । उनको बैकुष्ठवास होस् । हार्दिक श्रद्धाञ्जली ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित