दशक पछी तेह्रथुम धनकुटाका दर्जन बढी कवी एकै साथ गुन्जीए

तेह्रथुम / २०५ औ भानुजयन्तीको अबसरमा तेह्रथुम धनकुटाका दर्जन बढी कवीहरु एकै साथ गुन्जिएका छन । साहित्यको उर्भरभुमीको रुपमा चिनीएको तेह्रथुम र धनकुटाका कविताहरु छथरको सुक्रबारेमा एकै साथ गुन्जीएका हुन । छथर साहित्यीक समाजले अयोजना गरेको खुल्ला कविता प्रतियोगिताको अबसरमा कवीहरुले आ आफ्ना सिर्जनाहरु वाचन गरेका थिए । कवी केजी सुब्बा ,अनन्त अनुराग,दिपक आयाम,अनिल पाक्साँवा लगायतका कवीहरुको कविताको माझमा तेह्रथुम धनकुटाका एक दर्जन कवीहरुले सहभागीता रहेको थियो ।

धेरै समयको अन्तरालपछी भएको प्रतियोगिताले छथरलाई साहित्यमय बनाएको थियो । कार्यक्रमको अबसरमा छथर गाउँपालिका प्रमखु सन्तोष तिगेला र गाउँपालिकालाई सम्मान पत्र प्रदानका साथै दोसल्ला ओडाएर सम्मान गरीएको समाजका अध्यक्ष दिनेश थापाले बताउनु भयो । त्यस्तै तेह्रथुमलाई कर्मभुमीको बनाए पत्रकारिताको माध्यमबाट समाजसेवा गर्दै आएका प्रकाश पाक्साँवालाई प्रसंसा पत्रले सम्मान गरीएको छ । त्यस्तै प्रतियोगितामा सहयोग गर्नु हुने युबा समावसेबी फेदाप २ आयोक्जुङमा जन्म भई ईजराईलमा रहनु भएका देब बास्कोटालाई प्रसंसा पत्रको साथमा सम्मान गरीएको थियो ।

प्रतियोगितामा धनकुटाका नरेन्द्र कश्चीत प्रथम,तेह्रथुमका मनकुमार पारघारी दोश्रो तेह्रथुमकै भिमा माबुहाङ तेश्रो र राज कुमार तेयुङ सन्तवना भएका थिए । पुरस्कृत श्रष्टाहरुलाई क्रमस नगद ५ हजार ३ हजार २ हजारका साथै प्रमाण पत्र प्रदान गरीएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित