३ पुस्ताले ल्याउन नसकेको नम्बर एसइइ मा छोरीले ल्याउदा मेरी बास्सैकी चम्सुरी दङ्ग

चर्चित नेपाली हाँस्य टेलिचलचित्र मेरी बास्सैबाट विशेष चर्चामा रहेकी पल्पसा डंगोल मेरी बास्सैकै चरित्र चम्सुरी बाट बढी चिनिन्छिन्। व्यवसाय तथा कलाकारितालाई सँगै लगेर सफलता हासिल गरेकी चम्सुरीका दुई छोरीहरु छन्।

उनले लाजिम्पातमा रहेको नेपाली भोजन रेस्टुरेन्ट पनि चलाइरहेकी छिन्। आफ्नो व्यवससाय र कलाकारितालाई सँग अघि बढाइरहेकी पल्पसाले आफ्नो घर परिवार तथा छोरीहरुलाई पनि उत्तिकै समय दिन भ्याउछिन्।

पल्पसा डगांलको दुईटी छोरी छिन जो निकै राम्री छिन् भने ट्यालेन्टेडपनि। उनको जेठी छोरी लुनिभा डंगोलले भने यो वर्षको एसइइको परिक्षा दिएकी छिन्। र, एसइइ परिक्षा २०७४ को नतिजापनि केही दिन अघि मात्रै प्रकाहित भइसकेको छ जसमा पल्पसाकी जेठी छोरी लुनिभाले निकै नै राम्रो नतिजा ल्याएकी छिन्।

केही दिन अघि प्रकाशित एसइइ परिक्षा २०७४को परिक्षफलमा लुनिभाले जीपिए ३.८० ल्याएकी छिन् जुन ए प्लस हो। छोरीले एसइइमा निकै राम्रो अंक ल्याएको भन्दै हाँस्यकलाकार पल्पसा डंगोल अर्थात चम्सुरी दंग छिन्। उनी मक्ख पर्दै भन्छिन् ः छोरीले आफ्नो ३ पुस्ताले ल्याउन नसकेको नम्बर एसइइमा ल्याएकी छिन् । आजको यस अन्तरवार्तामा हामी पल्पसा र उनका जेठी छोरी लुनिभासँग यसै विषयमा कुराकानी गर्दैछौँ।
From : pahilo Update

प्रतिक्रिया

सम्बन्धित