जीवन (गजल)

क्षणभंगुर यो चोला चाहना अनेकन |
क्षणभंगुर यो चोला चाहना अनेकन ||
चाहनै चाहनाको हुल रहेछ जीवन |
स्थाई बन्न खोज्ने भुल रहेछ जीवन ||

खुसी खोज्दै दुखिरहने हरक्षण |
खुसी खोज्दै दुखिरहने हरक्षण ||
पलपल मुटु घोच्ने शूल रहेछ जीवन |
विष्मात र हर्ष जोड्ने पुल रहेछ जीवन ||

देखिने नदेखिने दोसाँधमा हरपल |
देखिने नदेखिने दोसाँधमा हरपल ||
वास्तविकतालाई लुकाउने तुल रहेछ जीवन |
जीवन सिकाउने जीवन्त स्कुल रहेछ जीवन ||

जीवन्त जीवनहरु बांचिरहदा रहेछन |
जीवन्त जीवनहरु बांचिरहदा रहेछन ||
झरेर पनि नओइलाउने फूल रहेछ जीवन |
मानवता र करुणाको मूल रहेछ जीवन ||

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित