भोलानाथ गौलीको “जीवन वृतान्त” लोकार्पण

संखुवासभा /  नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाका सदस्य तथा पाका पत्रकार भोलानाथ गौलीको जीवन वृतान्त नामक पुस्तक लोकार्पण भएको छ । शुक्रबार खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडा तथा पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी लगायतले पत्रकार गौलीको जीवन वृतान्त लोकार्पण गरेका हुन् । ३१ वर्ष सरकारी पेशा र ११ वर्षे क्रियाशिल पत्रकारिताको समयमा बटुलेका अनुभव समेटिएको पुस्तक लोकार्पण गरिएको हो । यस अघि उनले सेतो गुलाब लघु उपन्यास प्रकाशन गरेका थिए ।

वि.स. १९९४ मा खाँदबारीमा जन्मिएर उनले वि.स. २००० देखि २०७२ सालसम्म सालै पिच्छेका अनुभवहरु पुस्तकमा उतारेका छन् । गौली २०४९ सालबाट ११ वर्ष राष्ट्रिय समाचार समितिको प्रतिनिधी भएर संखुवासभामा पत्रकारिता गरेका थिए । उनले पुस्तकमा जिल्लाका विभिन्न ठाउँहरुको पुरानो झल्को दिने ऐतिहासिक विम्बहरु प्रस्तुत गरेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित