उर्लावारीमा बृहत् जातीय संग्रहालय स्थापना

उर्लावारी / प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले नेपालमा बसोबास गर्ने १२५ जातजातिको सम्मान र संरक्षण गर्न जिल्लाका पथरी शनिश्चरेमा बृहत् जातीय संग्रहालय स्थापना गर्ने बताउनुभएको छ । आज उर्लाबारी–३ स्थित धिमाल जाति विकास केन्द्रले आयोजना गरेको ‘जातिरी–सिरिजात तथा सांस्कृतिक कार्यक्रम–२०७५’ को समापन गर्दै उहाँले जातीय सद्भाव कायम गर्न र जातीय पहिचानको जगेर्ना गर्न पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी बसोबास गर्दै आएको सयौँ बिगाहा जमिनमा संग्रहालय निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो ।

भुटानी शरणार्थी विभिन्न मुलुकमा पुर्नवास भइसकेपछि हाल सो जमिन खाली रहँदै गएको छ । कार्यक्रममा धिमाल समुदायबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि र युुवा समाजसेवी दमक–४ का रकी धिमाल र उर्लाबारीका गायिका रवीना धिमाललाई सम्मान गरिएको थियो । धिमाल समुदायको जात्री पर्व गत वैशाख २ गते शुरु भई आज समापन भएको केन्द्रका महासचिव केदार धिमालले जानकारी दिनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित