खलासी दाई ! के सडक तिम्रो बाऊको बिर्ता हो ?

यदि तपाई सडकमा हिँडदै हुनुहुन्छ भने सावधान रहनुस सडकमा सार्बजनिक बसका खलासीले समेत तपाईलाई बसबाटै लात्तिले हानेर पुर्लुक्कै ढाल्न बेर छैन । त्यति मात्र होईन तपाईले जिवनभर नसुनेको गाली र अपमान समेत सहनुपर्ने हुन्छ ।

राजमार्गमा मोटरसाईकल,साईकल,रिक्सा र पैदलमा हिँडने यात्रीहरुले यति सम्म पिडा र अपमान सहनुपर्छ की मानौँ उनीहरु ठुलै अपराधी हुन,उनीहरुले संसारमा सबैभन्दा ठुलो गल्ति गरे । राजमार्गमा ज्यानमारा शैलिमा हुँईकिने टिपर देखि सार्बजनिक बसका खलासीका गाली र लात्ति सम्म पैदलयात्रीले सहनुपर्छ । मानौ की यो सडक उनीहरुको बाबुको बिर्ता नै हो ।
हरेक दिन सडकमा हिँडने साना सवारीधनी देखि लिएर पैदलयात्रीहरुले यति सम्म गाली खानुपर्छ की त्यो यहाँ उल्लेख गरिसाध्य छैन । यदि त्यहि कुरामा चलचित्र बनाउने हो भने उनीहरुको बोली लाई सय ठाँउमा –(टु….टुँ…टुँ ) लगाउनुपर्छ ।

टिपर र बसका चालकहरु यति बेजोडले सडकमा गाडी गुडाउँछन उनीहरुलाई सडकमा अरु पनि मानिस हिँडछन भन्ने हेक्का समेत हुँदैन । सवारीहरु एकआपसमा ओभरटेक त छँदैछ । सडकमा रहेका साना सवारीहरुलाई पेलेर डिलमुनि नै पुर्याईदिन्छन । बसका चालक जति बेजोडले गाडी हाँक्दै जान्छन त्यसका सहचालक अर्थात खलासी सडकमा हिँडने पैदलयात्री र मोईरसाईकल र साईकल लाई लात्तिले हान्दै हिँडछन,राम्री युवति देखे गाडी बाटै केस समेत सुम्सुम्याउँछन । उनीहरुको ब्यबहार हेर्दा लाग्छ उनीहरु डामेर छोडिएका साँढे हुन,अनि सडक उनीहरुको बाबुको बिर्ता हो जहाँ उनीहरु आफु अनुकुल जे गर्न पनि सक्छन ।

बसका चालक,सहचालकहरुलाई कानुन लाग्दैन ? उनीहरुलाई जे गर्न पनि छुट छ ? हैन भने उनीहरुको यो ब्यबहारले सडकमा यात्रा गर्नेहरु आर्जित बनिसकेका छन । उनीहरुको दादागिरि यति बढेको छ की त्यो भनिसाध्य छैन । ओभरटेक गर्न नपाउँदा,साँघुरो बाटोमा अघि बढने ठाँउ नपाउँदा उनीहरुले गर्ने ब्यबहार हेर्दा लाग्छ उनीहरु मानिसको नाममा नरभक्षी पिसाच हुन । जो सँग अलिकति पनि मानवता नै छैन । सडकमा आफन्त बोकेर हिँडेका साना सवारीधनीहरु उनीहरुको मनपरी गाली र हेपाईबाट यति सम्म आत्माग्लानी महशुस गर्छन की यो सडकमा फेरी यसरी हिँडन नपरोस,उनीहरुले उच्चारण गर्ने शब्द सुन्दा लाग्छ उनीहरुको घरमा आमा र चेलिबेटी नै छैनन ।

सडकमा डामेर छोडिएको साढेको जस्तै ब्यबहार गर्ने यस्ता नरभक्षी पिशाचहरुका कारण पनि राजमार्ग दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ । कतिपय ठाँउमा उनीहरु ठेलेरै सडकको किनारामा पल्टाईदिन्छन । उनीहरुको आचारण नसुध्रिए र उनीहरुमा मानवताको बिकास नभए यो सडक कुनै एम्बुस भन्दा कम छैन । यो क्षेत्रमा काम गर्ने ब्यत्तिहरु र सरोकारवाला निकायहरु जिम्मेवार बनिदिए यो समस्या थोरै भएपनि समाधान हुन्थ्यो कि ?

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित