इटहरीलाई शैक्षिक हव बनाऔँ, राजधानी नभएपनि हुन्छ : गणेशकुमार दुलाल
पछिल्लो समय प्रदेश नम्बर १ को शैक्षिक हवका रुपमा बिकास भईरहेको सुनसरीको ईटहरी हरेक दृष्टिकोणले सबल र सक्षम रहेको छ । प्रदेश १ को राजधानी बन्ने बिषयले समेत प्राथमिकता पाईरहेका बेला देशकै उत्कृष्ट मध्येको एक बिश्व आदर्श कलेजका प्रिन्सिपल गणेश कुमार दुलालले ईटहरीलाई प्रदेशको राजधानी भन्दा पनि शैक्षिक हवका रुपमा बिकास गर्नपर्ने धारणा राख्नुभएको छ ।
पुर्वेली न्युज सँगको कुराकानीका क्रममा उहाँले राजधानी बिराटनगर, ईटहरी, धनकुटा, धरान जहाँ भएपनि मन्त्रालय बाँडफाँड गरेर राखे हुने तर शैक्षिक क्षेत्रको हव भने ईटहरीमै हुनुपर्ने दाबी गर्नुभयो । सरकारको शैक्षिक निति प्रभावकारी नभएको र सरकारी बिद्यालयको गुणस्तर सुधार गरे निजि क्षेत्र आफै खुम्चिने उहाँको दाबी छ । उहाँसँग शैक्षिक लगायत बिबिध बिषयमा गरिएको भिडियो कुराकानी :
प्रतिक्रिया