रमेश प्रसाई र जीवन बिष्ट (आरजे जोडी) को अदभुत क्षमता

धरान । हरेक मानिस सँग फरक क्षमता हुन्छ । त्यहि क्षमता चिनेर प्रर्दशन गर्न सकियो भने सबैलाई चकित तुल्याउन सक्दोरहेछ । यस्तै फरक क्षमताका दुई युवाहरु (आरजे जोडी ) अर्थात रमेश प्रसाई र जीवन बिष्ट यी दुई युवाको अदभुत क्षमतालाई देख्ने र सुन्ने जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन ।

गीत लेखन,गायन,कविता,गजल लेखन लगायत क्यारिकेचर गर्न खम्पिस यो जोडीले यतिबेला राम्रै चर्चा पाएको छ । यो जोडी सुनसरीको धरानमा रहेर बिभिन्न रेडियोमा कार्यक्रम उत्पादन र प्रस्तुति समेत गरिरहेको छ । यी दुवै युवा ब्रेल लिपीको सहारामा स्नातक अध्यायनरत रहेका छन तर अचम्मको कुरा राज्यले दिने कुनैपनि सेवासुबिधा उनीहरु ग्रहण गर्न चहादैनन । आफुलाई दृष्टिबिहिन भन्दा पनि फरक क्षमता भएको र अन्य ब्यत्तिभन्दा आफुहरु कुने कुरामा कम नभएको उनीहरु बताउँछन ।

झापाको मेचिनगरका रमेश प्रसाँई सुनसरीको धरानस्थित ज्ञानचक्षु बिद्यालयमा अध्यायनरत रहेका छन । उनी गीत लेख्न र गाउन मात्रै होईन क्यारिकेचर गर्न समेत माहिर रहेका छन । उनी प्रायजसो सबै नेता र कलाकारहरुको नक्कल अर्थात (क्यारिकेचर) गर्न सक्छन । यी फरक क्षमताका रमेशको प्राध्यापक बन्ने रहर रहेछ । मोरङको पथरीशनिश्चरे घर भएका जविन बिष्ट पनि सोही बिद्यालयमा अध्यायनरत रहेका छन । उनी कविता,गजल,गीत लेख्न,रेडियोमा कार्यक्रम उत्पादन र प्रस्तुतिका लागी माहिर छन ।

केही समय अघि सोही बिद्यालयमा अध्यायनका क्रममा भेट भएका यी अल्लारे युवाहरुले संयुत्त रुपमा नाटक खेलेपनि आफुहरुको केमेष्ट्री जमेको थाहा पाएपछि दुबैको नामको पहिलो अक्षरबाट (आरजे) जोडी नामकरण गरी यात्रा थालेका रहेछन । संयोग पनि कस्तो नाम जस्तै उनीहरु धरानका बिभिन्न रेडियोमा आरजे कै रुपमा कार्यक्रम समेत सञ्चालन गर्छन । उनीहरु आफुहरु दृष्टिबिहिन भएपनि यो शारिरिक संरचना मात्र कमजोर भएका कारण आफुहरु अन्य ब्यत्ति भन्दा कम नभएको भन्दै राज्यको सेवासुबिधा बहिष्कार गरेको बताउँछन ।

रमेशको आँखाको संरचना नै निर्माण भएको छैन । बिश्वमा यसप्रकारका संरचना भएका मानिसहरु ५० जनामात्र भएको र नेपालमा आफुमात्र भएको उनी बताउँछन । आँखाको संरचना नै नभएपछि उनले उज्यालो देख्न पाएकै छैनन तरपनि उनी हरेक कुराहरुप्रति जानकार छन । उनी आफु हिन्दी सिनेमाको प्रशंषक रहेको बताउँछन । जीवन जन्मजात अल्पदृष्टि हुन । उनी सामान्य केही कुरा देख्न सक्छन । यी दुइृ युवाहरुको जोडीले यतिबेला राम्रै चर्चा बटुल्न थालेको छ । उनीहरु भविश्यमा एउटा युटयुव च्यानल सञ्चालन गरेर आफना प्रतिभा त्यहि प्रष्फुटन गर्ने सोचमा रहेको बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…