सम्झनामा झलकमान गन्धर्व : सारङगी बचाउन जुटदै परीवार ( याात्रा संस्मरण )

चारैतिर रमणिय दृस्य र वरिपरी देखिएका सेताम्मे हिमाल र त्यसैको काखमा रहेको चौरी अनी डिल मुनि एउटा झुप्रो जहाबाट मिठासका स्वरहरू गुञ्जयमान भइरहेका पाइन्थे । एकदुई कान्ला ओरालो झरेपछि मिठो स्वरमा आमाले सोध्लिन नि खोइ छोरा भन्लिन गुञ्जयमान गित सुनिन थाल्यो ।त्यो गित सुन्दा बेग्लै आभाष हुन्थियो र अझै नजिक पुगेर पुरै गित सुन्न मन लाग्यो ।

त्यतिबेला दिनको ३ बजिसकेको थियो हामि पोखराको महेन्द्र गुफा जाने बाटोको छेउको एउटा घरबाट आवाज आएको सुनिन्थियो जहा त्यो गित बजिरहेको थियो । हेर्दा नजिक देखिएपनि त्यहा सम्म पुग्न झण्डै एक घण्टा लाग्यो र जसो तसो पुगियो । र पुरै गित सुन्ने अवसर मिल्यो ।। त्यो भन्दा पनि आस्र्चय सञ्जोगले आज तनिै गायक गन्र्धवको जन्मोत्सव ।

माैसमी कार्की

नेपाली कला र सांस्कृतिलाई जगेर्णा गर्दै सदैव गित संस्कृतलाई माया गरिरहने पुराना श्रस्टा उनै श्वगिर्य गायक झलकमान गन्दर्वको घर आइपुगेका थियो हामि । बच्चा देखि बुढा सम्मको प्यारो र भावुक शब्दमा बनेको बनेको आमाले सोध्लिन नि खोइ बाबु भन्लिन भन्ने गित नेपाली माझ अझै लोकप्रिय नै छ । २०६० साल मंसीर ६ गते गायक झलकमान गन्धर्वले संसारबाट बिदा लिएपनि उनको यो गित अझै स्मरणिय र लोकप्रिय छ ।

उनी हाम्रो माझ नरहे पनि उनले संगीत भरेका हजारौं गीत हाम्रा माझ छन् यति मात्र होईन उनी आफैले गाएका अजम्बरी गीतहरु अहिले पनि उस्तै सशक्त छन । आमाले सोध्लिन् नी खै बाबु भन्लिन् गीत अझै पनि हाम्रो मानसपटलमा गुन्जिरहन्छ । झलकमान गन्धर्वले छोडेर गएको १५ बर्ष हुँदा पनि उनको परिवार सारंगी लगायत बिभिन्न बाजाहरूको संरक्षणकालागि एक भएर जुटेका छन । सारंगी र बाजाहरूको संरक्षण गर्नको लागी पोखरामा झकलमान सांरगी पाठशाला नै स्थापना भएको छ ।

पोखरा घुम्न आउँदा महेन्द्र गुफा जाने बाटैमा झलकमानको घर छ । उनका जेठा छोराका परिवार पनि त्यहि बसोबास गरिरहेका छन । छोरालाई समेत बुढेसकालले छोएपछि उनले गीत गाउन त्यति सक्दैनन । उनि मात्र बाबुका संझनामा भावुक हुदै आमाले सोध्लिन नी गीतमा सारंगी रेटेर सुनाउछन।त्यहि आसपास बसोबास गर्ने अर्का गायक धनबहादुरले भने झलकमानको सोहि गितलाई जस्ताको तस्तै उातारेर गाउन सक्छन उनले गाएर पनि सुनाएका छन । उनि पनि झलकमानको स्मृतिमा सारङगा लगायत बाजाहरूको संरक्षणमा जुटिरहेका छन ।

को हुन झलकमान ?

स्वर्गीय झलकमान गन्धर्व

१९९२ साल बैशाख १२ गते कास्कीको बाटुलेचौरमा जन्मिएका प्रशिद्ध गायक हुन स्वर्गिय झलकमान गन्धर्व उनको परिचय सामान्य छैन । बाल्यकाल देखि नै संघर्ष गर्दै समाजमा स्थापित हुन कठोर परिश्रम गरेका गन्धस्वको बि.स २०६० सालमंसीर ६ गते निधन भएको थियो । गाईने गीत अथवा गन्धर्व संगीतलाई प्रख्यात गराउनमा झलकमानको मुख्य योगदान रहेको छ । गन्धर्व संगीत,जुन नेपालका गाईने समुदायका मानिसहरूले मात्र गाउने गर्दछन्, पहिलोपल्ट रेकर्ड तथा रेडियोबाट प्रसारण गर्ने काम झलकमानले नै गरेका थिए। उनको सबैभन्दा लोकप्रीय गीत आमाले सोध्लीन् नि गीत हो जसमा युद्ध मैदानमा घाईते लाहुरेको अन्तिम सन्देसको रूपमा मार्मिक रूपले गाईएको छ।

झलकमानले गन्धर्व समुदायका अन्य सदस्यहरूले जस्तै बालक काल देखिनै आफ्नो सांगीतीक जीवन सुरू गरे। उनले आफ्नो व्यवसायिक जीवनको सुरूमा अन्य गन्धर्वहरू जस्तै गाउँ घुम्दै गाईने गीत गाउँथे। पछि, लोकगायक धर्मराज थापाको सहयोगले उनले इ.सं. १९६५ देखि रेडियो नेपालमा गायकको रूपमा सेवा सुरू गरे।झलकमानले विभिन्न प्रकारका गीतहरू जस्तै झ्याउरे, कर्खा, ख्याली, भज आदि रेकर्ड गराए। उनले दोस्रो विश्वयुद्धको समयमा बहादूरी कमाएका करीव २० नेपालीहरूको प्रशंसामा कर्खाहरू रचना गरे।

उनको एक मात्र गीत एल्बम छ तर पनि उनी नेपाली लोक गीतमा उनको योगदा महत्वपूर्ण मानिन्छ। उनला आफ्नो सम्पूर्ण जीवन गन्धर्व गीतको संकलन, परिमार्जन तथा प्रस्तुतीमा लगाए। अहिले उनि हामि माझ नरहे पनि संगित प्रति उनको योग्दान सदैव स्मरणिय रहने छ । उनले गाएको दजनौ मार्मिक गितहरू अझैपनि बजारमा चलायमाननै रहेका छन ।

स्वर्गिय झलकमान गन्धर्वकाे घरमा भेला भएका बालबालिकाहरू संरक्षणमा राखिएकाे मादल बजाउदै ( तस्विर – माैसमी कार्की )

 

प्रतिक्रिया

सम्बन्धित